रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक्ट क्लब अफ हेटौँडाले हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा बुधबार बकैया ७, भिरकोट र फतुवा विजयपुर नगरपालिका ६, पेटभरुवा रौतहटमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
दुवै स्थानमा गरी ४ सय ७२ जनाको आँखाको परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये १ सय ३२ जना बिरामीहरूलाई शल्यक्रियाका लागि अस्पतालमा सिफारिस गरिएको छ । बकैया ७ मा २ सय २१ जना बिरामीहरूको आँखा परीक्षण गरिएकोमा २२ जना र विजयपुरमा २ सय ५१ जनामध्ये १०९ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको राेटरी क्लब अफ हेटाडाैँका सचिव किशाेर पराजुलीले बताउनुभयाे ।
रोटरी क्लब अफ हेटौडाले वर्षको दुई पटक आयोजना गर्ने गरेको निःशुल्क आँखा शिविर यस वर्ष मङ्सिर २७ देखि पौष २ गतेसम्म मकवानपुर, चितवन, रौतहट र बारा जिल्लाका ६ वटा विभिन्न स्थानहरूमा निरन्तर सञ्चालन भइरहेको छ ।
मङ्सिर ३० गतेसम्म आँखा शिविर र पौष १ र २ गते हेटाँैडा सामुदायिक अस्पतालमा बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने कार्यक्रम रहेको छ । क्लबको नियमित कार्यक्रमको रूपमा रहेको आँखा शिविरको लागि तास्मानिया, अस्ट्रेलियाका रोटरी क्लबहरूबाट सहयोग प्राप्त रहेको सचिब पराजुलीले बताउनुभयाे छ ।