मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको आधुनिक कृषि तथा पशुपन्छी पालक कृषक समूहको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
थाहानगरको शंकर होटलमा भएको साधारणसभाले आगामी २ बर्षे कार्यकालको लागि राजेन्द्रकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा कृष्ण बिष्ट, सचिवमा मधुकर अधिकारी, कोषाध्यक्षमा प्रदीप उप्रेती चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा भुवन सेढाइँ, कपिलध्वज कार्की, रबि जिम्बा चयन भएका छन् ।
साधारणसभाले कार्यसमितिको तर्फबाट कार्यबाहक अध्यक्ष राजेन्द्रकुमार खत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सहित आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष प्रदीप उप्रेतीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
२०७८ मा स्थापना भएको समूहले बिभिन्न संघसंस्थासँगको समन्वयमा कृषि र पशुपालन सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यबाहक अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन सचिव रामचन्द्र खत्रीले गरेका थिए ।