२२ जेठ २०८१, मङ्गलबार

                                   

                                                  सदीक्षा नेपाल 

वृक्षारोपण गरी जीवनमा सुवास छरौं है,

वातावरण संरक्षण राख्ने फैसला गरौं है,

वरिपरि फोहोर मैला प्रदूषण भो सहर 

सफा, शान्त वातावरण पार्ने राखौँं है रहर,

गाउ घरमा न्याउली चरा रूखमा करायो 

मेरो देशको शान आज भोलि खै कता हरायो ?

डाँडापाखा हरिया वन डोजरले सखाप पा¥यौ 

प्रकृतिलाई हामीले यै हातले माया गरौँ 

प्लाष्टिक बाली बन्यौँ हामी क्यान्सरको रोगी 

यो सामान्य गल्तीले ज्यान लिने हो कि ?

जनावर पन्छी दुःखी छन यहा वातावरण दखित 

लापरवाही प्रमुख कारण भन्ने हो को सित

डँडेलो लगाई प्रकृतिलाई सखाप पा¥यौँ नि 

यमराजलाई निमन्त्रणा दिई स्वच्छ जीवन मा¥यौं नि

सबै जना वचन बद्ध भै प्रकृति जोगाउने 

वातावरण सरक्षण गरी नयाँ जीवन पाउने 

प्रगति मावि हेटौँडा ९ 

कक्षा ८ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार