मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली

Nigarani Online 520+ समाचार ( )
९ माघ २०८१, बुधवार

गैर सरकारी संस्था महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा हेटौंडामा खवरदारी ¥याली सम्पन्न भएको छ । यहि जनवरी २० देखि २४ सम्म स्वीजरल्याण्डको डाभोसमा भईरहेको ४० भन्दा बढी विकशित राष्ट्रहरु संलग्न विश्व आर्थिक मञ्चको ५५औं बार्षिक सम्मेलनमा गरिव तथा विकासोन्मुख राष्ट्रहरुको न्यायको पक्षमा पनि ध्यान पु¥याउन दवाव श्रृजना गर्न ¥यालीको आयोजना गरिएको गैसस महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्माले बताए ।

 विकसित राष्ट्रका गतिविधीका कारण निम्तिएको विनास र जलवायु परिवर्तनका कारण विकासशील राष्ट्रहरुमा परेको असरको न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने, मजदुरहरुलाई आधारभूत आवश्यकता पूरा गर्ने ज्यालाको व्यवस्था गर्नु पर्ने, जलवायु संकट समाधान गर्नु पर्ने, युद्ध र सैनिकीकरणमा हैन  समावेशी समृद्धि र शान्तिका लागि लगानी गर्नु पर्ने, श्रमिकहरुको सामाजिक सुरक्षाको व्यवस्था गर्नु पर्ने, न्यायपूर्ण सम्पत्ती कर लागू गर्नु पर्ने लगायतको माग रहेको विश्वकर्माले बताएका छन् । त्यसै गरी गैसस महासंघ नेपालका केन्द्रीय सचिव बुद्धशरण लामाले धनी राष्ट्रहरुले गरेका विकास निर्माण र यान्त्रिकीकरणका कारण निम्तिएका विपद्को क्षतिपूर्ति उनीहरुले नै व्यहोर्नु पर्ने बताए । अर्का वक्ता राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख पवन कुमार भट्टले धनी राष्ट्रहरुले विकासशील राष्ट्रहरुलाई दिने सहयोग वा अनुदान दया माया हैन अधिकार वा क्षतिपूर्तिको रुपमा हुनु पर्ने विचार राखेका थिए । 

दवाव ¥यालीले विभिन्न माग सहितको नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरी बुद्धचोकमा आई कोण सभामा परिणत भएको थियो । कार्यक्रममा जनजाती महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, राष्ट्रिय अपांग महासंघ, नेपाल पत्रकार महासंघ, मजदुर संगठन, नेपाल वार एशोशिएसन लगायत मानव अधिकारवादी संघसंस्थाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटाले गरेकी थिइन ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार