मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

कक्षाकोठामा शिक्षण सिकाइमा रमाउँछन् जीतपुरसिमराका वडाध्यक्ष सुवास श्रेष्ठ

Nigarani Online 520+ समाचार ( )
७ पौष २०८०, शनिबार

झट्ट सुन्दा वडाध्यक्षले माध्यमिक तहका कक्षामा गणितका कक्षा लिनुहुन्छ भन्दा जो कोहीले सजिलै विश्वास गर्न सक्दैनन् । वडाध्यक्ष पूणर््ा रुपमा वडाको प्रशासनिक तथा सामाजिका काममा मात्र व्यस्त हुन्छन् जस्तो लाग्दछ । आफ्नो व्यस्तताको बाबजुद पनि कक्षाकोठामा  शिक्षण सिकाइमा भेटिन्छन् जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष  सुबास श्रेष्ठ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष श्रेष्ठले वडा नं. २१ र २२ मा रहेको एक मात्रै माध्यमिक विद्यालय श्री नेपाल माध्यमिक विद्यालय, अमलेखगञ्जको शैक्षिक अवस्था सुधार्न निकै अग्रसर हुनु भएको छ भन्ने हामीलाई विश्वास भएको छ भन्नुहुन्छ विद्यालयका प्रधानाध्यापक माधव नेपाल ।

विद्यार्थीको पढाइ, शिक्षकको नियमितता, शिक्षकको समस्या लगायतको कुरामा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग नियमित चासो राख्नेगरेको र शिक्षक अनुपस्थति भएका बेलामा आफ्नो व्यस्तताको बाबजुद पनि पढाउने काम पनि गर्नुहुन्छ जुन अत्यन्तै स¥हानीय काम हो जस्तो लाग्छ हामी शिक्षकहरुलाई भन्न्ुाहुन्छ प्रधानाध्यापक नेपाल । 

वाणिज्य सङ्कायमा स्नातकोत्तर र एक बर्षे बीएड गर्नुभएका श्रेष्ठले हेटौंडाको विभिन्न इन्स्टिच्युट र सोही विद्यालयमा निजी स्रोत तथा राहत दरबन्दीमा रहेर १४ वर्ष अध्यापन गरेको र विद्यार्थीसँग घुलमिल भएर शिक्षण सिकाइ गर्न रमाइलो लाग्ने गरेको छ भन्नुहु्न्छ श्रेष्ठ । देशभरि नै दरबन्दी अनुसार शिक्षक अपुग भएको र यो अवस्था आफ्नो पालिकामा पनि रहेको  कुरा व्यक्त गर्नुभयो । शिक्षण पेशालाई सकारात्मक रूपले लिनुपर्छ किनकी शिक्षक भनेको मार्ग दर्शक हुन् र राज्य तथा स्थानीय तहहरूले शिक्षकको मनोबल उच्च पार्न  सदैव लागिपर्नुपर्ने निगरानीसँगको कुराकानीमा भन्नुभयो । 

उहाँबाट अन्य  स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो क्षेत्रको विद्यालयलाई विभिन्न तवरबाट सहयोग गरी विद्यालयप्रति सकारात्मक धारणा बनाउन सकेमा विद्यालय हरेक रुपमा सबल बनी शैक्षिक स्तर बढने देखिन्छ । 

प्रतिक्रिया

Saroj Lamichhane ७ पौष २०८०, शनिबार

Praiseworthy work

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार