मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

वंशगोपाल माविमा छात्रवृत्ति तथा विषयगत सहयोग अक्षयकोष

Nigarani Online 526+ समाचार ( )
२१ पौष २०८०, शनिबार

हेटौंडा ६, चौघडामा रहेको वंशगोपाल माविमा विपन्न तथा जेहेनदार विद्यार्थी छात्रवृत्ति एवं  विषयगत सहयोग अक्षयकोषको शुभारम्भ गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका पूर्व विद्यार्थीहरूको पहलमा यसको शुभारम्भ गरिएको हो । कोषमा पूर्व विद्यार्थीहरू रकम उपलब्ध गराएका छन् । 

विद्यालयमा अक्षय कोष सञ्चालनको लागि एसएलसी ब्याच २०४४ को विशेष पहलमा अध्यक्ष अजय विक्रम मानन्धरले आफ्नो ब्याचका विद्यार्थीहरूबाट सङ्कलित तीन लाख रुपैया,  विद्यालयका पूर्व शिक्षक शम्भुप्रसाद आचार्यबाट एकलाख तेइस हजार चार सय छपन्न,  विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामप्रसाद श्रेष्ठबाट पचास हजार, पूर्व विद्यार्थी सुपेन्द्र बस्नेतबाट पचास हजार, अच्युत  देवकोटा र जयराम देवकोटाबाट एक लाख जम्मा भएको छ । 

यसैगरी अजय विक्रम मानन्धरले नेपाली र अङ्ग्रेजी विषयमा एसइईमा उत्कृष्ट ग्रेड हाँसिल गर्ने एक एक जनालाई पुरस्कार स्वरूप आफ्ना स्वर्गीय माता पिताको सम्झनामा एकलाख एघार हजार एक सय कोषमा राखिदिने घोषणा पनि गर्नुभयो साथै ६ नं वडाको तर्फबाट अक्षयकोषमा पाँच लाख रकम उपलब्ध गराउने वडा अध्यक्ष बिष्णुबहादुर दाहालले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थी संगठन अध्यक्ष शालिकराम घिमिरे, चौघडा बचत तथा ऋण सहकारीका अध्यक्ष बिजयकुमार श्रेष्ठ, पूर्व विव्यस अध्यक्ष बालकृष्ण चौलागाईले मन्तब्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा  विभिन्न संस्थाका प्रतिनिधि, पूर्व विद्यार्थी लगायत २०४४ एसएलसी ब्याचका विद्यार्थीहरूको विशेष उपस्थिति थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षता तथा हेटौँंडा उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार