मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

रेलमा डीबी बर्तौलाको 'उज्यालोका बाछिटा' विमोचन

Nigarani Online 450+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष तथा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष डीबी बर्तौलाको नवीन तेस्रो मुक्तक सङ्ग्रह 'उज्यालोका बाछिटा'सत्याग्रह एक्सप्रेसमा विमोचन भएको छ।कार्यक्रम नयाँ ढङ्गबाट रेल गुड्दै गर्दा रेलमै मकवानपुरका मुक्तककार डीबी बर्तौलाका मुक्तक सङ्ग्रह 'उज्यालोका बाछिटा'विमोचन कार्यक्रममा सभाध्यक्ष अग्रज साहित्यकार रमेशमोहन अधिकारी तथा प्रमुख अतिथि अग्रज साहित्यकार हयगृब आचार्य रहनु भएको थियो।कार्यक्रममा मुक्तककारका मुक्तक सङ्ग्रह 'उज्यालोका बाछिटा' विमोचन तथा वाचनको सुखद घडीमा मकवानपुर,बारा,कपिलवस्तु तथा भारतका साहित्यकार,साहित्य अनुरागीहरूको उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा साहित्यकार मिथिला अधिकारी,बाराका साहित्यकार अप्सरा पुडासैनी,विष्णुप्रसाद गौतम,माधव पोखरेल र राजबाबु पहाडीज्यूले 'उज्यालोका बाछिटा' मुक्तक सङ्ग्रहबाट मुक्तक वाचन गर्नुभयो भने शुभकामना मन्तव्यसहित मुक्तक वाचन साहित्यकार किशन पौडेलज्यूले राख्नु भयो।

      कार्यक्रममा मुक्तककार डीबी बर्तौलाज्यूले  अनौठो र पृथक रूपमा मुक्तक सङ्ग्रह विमोचन भएकोमा अत्यन्त हर्ष व्यक्त गर्दै आफ्नो भनाइसहित सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। प्रमुख अतिथि हयगृव आचार्यज्यूले मुक्तक सङ्ग्रह 'उज्यालोका बाछिटा'को सूक्ष्म समीक्षा गर्ने क्रममा यस प्रकारको विमोचन सायद विश्वमै दुर्लव रहेको र ऐतिहासिक भएको कुरा जानकारी गराउनु भयो।उखानको प्रयोग गरी जम्मा ९२ वटा मुक्तकभित्र राजनैतिक,सामाजिक विषयवस्तुमाथि तीखो व्यङ्ग्य प्रहार गरेको कुरा उहाँले व्यक्त गर्नुभएको थियो।फरक स्वाद र तीब्र व्यङ्ग्य साथै हास्यात्मक भावको प्रयोग गर्नु र प्रत्येक मुक्तकमा उखानको प्रयोग हुनु आफैंमा नौलो प्रयोग रहेको पाइएको कुरा बताउँदै आचार्यले कृतिगत सफलताको शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रम औपचारिक ढङ्गबाट साहित्यानुरागी सिताराम दाहालले सञ्चालन गर्नुभएको थियो।

           अन्तमा सभाध्यक्ष रमेशमोहन अधिकारीज्यूले ११ दिने साहित्यिक यात्रा गर्ने क्रममा २०८१ असोज १४ गते जुरेको यो अनौठो र ऐतिहासिक तरिकाले मुक्तककार डीबी बर्तौलाको 'उज्यालोका बाछिटा' विमोचन तथा वाचन कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नु भयो।अघिल्ला कृतिभन्दा उत्कृष्ट भएको दावी गर्दै कृतिगत सफलताको कामनासहित उहाँले कार्यक्रम समापन गर्नुभएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार