मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

फेमकोल एकेडेमीमा सप्ताहव्यापी खेलकुद प्रतियगिता सम्पन्न

Nigarani Online 520+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

हेटौँडा १३ पदमपोखरीस्थत फेमकोल एकेडेमी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विभिन्न तह र कक्षाका विद्यार्थीहरूबिच विविध खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको छ । 

 कक्षा ३ र ४ बीच भएको तातो आलु प्रतियोगितामा कक्षा ४ की आशिका रुम्बा प्रथम, कक्षा ३ को सलिम मोक्तान द्वितीय र कक्षा ४ को ब्रजेस मोक्तान तृतीय भए ।

चम्चा दौड प्रतियोगितामा कक्षा ४ की पासाङ घलान प्रथम, जेम्स भोलन द्वितीय र इम्लाकी लामा तृतीय भए । गणित दौड प्रतियोगितामा कक्षा ३ की युजिना बल प्रथम, कक्षा ४ का अक्लेस कुमार शर्मा दोस्रो भए । कक्षा ५ र ६ बीच भएको छात्र दौड प्रतियोगितामा कक्षा ६ को रामशरण स्याङतान प्रथम, सुजन तुम्सीङ मगर दोस्रो र सुरज घलान तृतीय भए । महिला दौड प्रतियोगितामा कक्षा ६ की वाङ्छु रुम्बा प्रथम, कक्षा ५ की आरजु थिङ दोस्रो र कक्षा ६ की बिनिसा भोम्जन तृतीय भए । गणित दौडमा कक्षा ५ का विशेष तुम्सिङ मगर प्रथम, कक्षा ६ का सन्तोष थिङ दोस्रो भए । चम्चा दौड प्रतियोगितामा कक्षा ६ का रोहन अधिकारी प्रथम, विनिसा भोम्जन दोस्रो र कक्षा ५ की प्रीति मोक्तन तृतीय भए । तातो आलु प्रतियोगितामा कक्षा ५की मान्सवी तिमल्सिना, राजिव पाख्रिन दोस्रो र कक्षा ६ का रिपसन रुम्बा तृतीय भए ।

कक्षा ७, ८, ९ बीच भएको छात्रा सटपुट प्रतियोगितामा कक्षा ९ की अनुष्का पाख्रिन प्रथम, कक्षा ७ की सिम्रन थिङ दोस्रो र प्रकृति दुलाल तृतीय भइन् । छात्र सटपुटमा कक्षा ८ का आवास्त उप्रेती प्रथम, प्रज्वल घले दोस्रो र विकास घलान तृतीय भए । कक्षा ७, ८ र ९ का विद्यार्थीहरुबीच गणित दौड, दौड, डोरी तान्ने खेलहरु भएका थिए । कक्षा नर्सरीका विद्यार्थीलाई तातो आलु, लिने र राख्ने, बलुन ब्यालेन्सिङ खेल खेलाएको थियो । नर्सरी र केजीमा पनि तातो आलु, बेलुन फुटाइलगायतका प्रतियोगिता भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार