थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न

Nigarani Online 505+ समाचार ( )
११ वैशाख २०८१, मङ्गलबार

नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार थाहानगरको शंकर होटलमा भएको कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपमहासचिव एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश स्कुलिङ बिभाग प्रमुख गणेश विश्वकर्मा, नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य एवम् जिल्ला समन्वय समिति प्रमुख भिम पाख्रिन, सचिव वीर बहादुर घलान ज्वाला, प्रदेश कमिटि सदस्य ललित घलान, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, नेकपा माओवादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्ट, नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य कमला विश्वकर्मा, मकवानपुर जिल्ला अध्यक्ष जमिन दियाली लगायतले प्रशिक्षण दिएका थिए । 

नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटि अध्यक्ष पहलमान परियारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आयुष विश्वकर्माले स्वागत गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा थाहानगरका १२ ओटै वडाबाट दलित मुक्ति मोर्चाका प्रतिनिधिहरुको सहभागिता रहेको नेपाल दलित मुक्ति मोर्चा थाहा नगर कमिटि सचिव सुरेन नेपालीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार