नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट जनवर्गीय संगठन नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सचिवालय सदस्य सरोज खनालको अध्यक्षता तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य बागमती प्रदेशको निवर्तमान सामाजिक विकास मन्त्री कमारी मोक्तानको प्रमुख आतिथ्यतामा विस्तारी बैठकबाट जगदिश दाहालको अध्यक्षतामा २१ सदस्य चयन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बागमती प्रदेशको निवर्तमान सामाजिक विकास मन्त्री कमारी मोक्तानले 'गुन्द्रुकबाट चिनिएको नेपाल तर अहिले त्यही गुन्द्रुक पनि विदेशबाट ल्याउँदा उद्योग व्यवसाय फस्टाउन सकेको छैन ।' कार्यक्रममा मोक्तानले शुभकामना मन्तव्य राख्दै बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथी श्याम श्रेष्ठ नेपाल उद्योग व्यापार महासंघ वरिष्ठ उपाध्यक्ष, विजय गौतम केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज, नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु), अतिथीमा नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिम पराजुली, नेकपा माओबादी केन्द्र मकवानपुर जिल्ला सचिव वीर बहादुर घलान (ज्वाला), नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य तथा फ्याक्सन इन्चार्ज विवेक राई, केन्द्रीय सल्लाहकार नेपाल उद्योग व्यापार महासंघ अरुण सुमार्गी, नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय सदस्य गुणराज घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य प्रदिप अर्यालले सन्चालक गरेका थिए ।