मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

चितवनमा भेटिए ५५ प्रजातिका चरा

Nigarani Online 520+ समाचार ( )
२७ पौष २०८१, शनिबार

पूर्वि चितवनका सिमसार क्षेत्रहरूमा जलपंक्षीको गणना सकिएको छ । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छिविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका ताल तलैया र नदीनालाहरुमा गणना गरिएको थियो ।

सिमसार क्षेत्रहरूमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चराहरू भेटिएका छन् । जसमध्ये गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटीका कार्यक्रम संयोजक चरा विज्ञ बासु विडारीका अनुसार, यसपाली कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हून् । गत वर्षसाल भेटिएका सबै प्रजातिका चराहरु यसपाली पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चराहरु देखिएका थिए ।

यस वर्ष लोथरदेखि दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट) देखि सौराहाघाट, सौराहाघाटदेखि कसरा पुल, तमोर ताल, लामी ताल, बिस हजारी र यससँग सम्बन्धित तालहरु भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताल लगायत पूर्वी चितवनको सिमसारहरुमा गरिएको थियो ।

विडारीले दुई दिन भएको गणनामा ७ हजार १५० चराहरू समावेश भएको जानकारी दिए । तीमध्ये ४ हजार १०७ चखेवा चखेवी रहेको उनले बताए । अघिल्लो वर्ष ७ हजार ५१७ चराहरु समावेश भएका थिए । अघिल्लो बर्षभन्दा चखेवा चखेवीको संख्या घटेको हो । अघिल्लो वर्ष ४ हजार ३०४ भेटिएको उनले बताए ।

सौराहाघाटदेखि कसराघाट सम्म ४१ प्रजाति भेटिएका छन् । त्यस्तै लोथरदेखि जिन्दगानी घाटसम्म २, जिन्दगानी घाटदेखि सौराहाघाटसम्म २५, विसहजारी तालमा ३०, बढुराप्तीमा २६, ढुंगरे खोला २४ मत्यविकास केन्द्रमा १८, लामितालमा १६, पटना तालमा १२ र तमोरतालमा ४ प्रजातिका चराहरु भेटिएको उनले बताए । ७ हजार १५० चरा समावेश हुँदा पानि हाँसमात्र ४ हजार १०७ वटा समावेश भएको उनले बताए । जलकौवा सानु ११७ र ठुलो ४६० वटा गणनामा समावेश भएका छन् 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार