विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा विज्ञान शिक्षकहरूलाई तालिम

Nigarani Online 505+ समाचार ( )
१३ माघ २०८०, शनिबार

विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा एक दिने अभिमूखिकरण तालिम शुक्रबार सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ ।   तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा एक देखि तीनको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा चारदेखि दशसम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण गर्नुभएको थियो ।

 कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख सानुकाजी लुइँटेलको प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतम रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुइँटेलले विज्ञान शिक्षकले समाजको अँध्यारोलाई चिर्न सफल हुने र रुढीवाद हटाउन चेतना बाँड्न सक्ने हुनुपर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार तथा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनु भयो भने कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहन प्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको पनि आतिथ्यता रहेको थियो । साथै उद्घाटन सत्रको सहजीकरण विज्ञान शिक्षक समाजका जीवन तिमल्सिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य विज्ञान शिक्षक समाजका उपाध्यक्ष भरत पोख्रेलले राख्नुभएको थियो ।  

दुई सत्रमा सञ्चालित अभिमूखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय निकायका त्रिसठ्ठी जना शिक्षकले सहभागिता जनाएका थिए भने समापन समारोहमा सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाण पत्र वितरण गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक राम कुमार ठाकुरले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

Manil kumar Kan १३ माघ २०८०, शनिबार

यो तालीम स्कुल ले शैक्षिक, क्रियाकलाप को सुरुमा गराउनु पर्ने हो किन यस्तो जबकि boarding ले गर्दै हो र त्यो gvt. स्कुल को management le only Hm. र समितिले politics garaaune र पथन पाथन मा new technics ko curicurum baare jaankar n hunu kasto अन्यओल

Indra Lochan Chaudhary १३ माघ २०८०, शनिबार

Very good 👍

r.p.lohani १३ माघ २०८०, शनिबार

Gajjab garnu vo.I praise to your deeds!

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार