मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

मलेसिया जान श्रम स्वीकृति लिने घटे

Nigarani Online 520+ समाचार ( )
३ माघ २०८०, बुधवार

चालुु आर्थिक वर्ष २०८०-८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९-८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा व्रmमशः घटेर तेस्रो र चौथो श्रम गन्तव्य मुुलुुक हुुन पुुगेसँगै मलेसियामा रोजगारीमा जानेको सङ्ख्या घटेको हो । 

 अघिल्ला दुुई वर्षमा ‘मिसन’ कै रूपमा नेपालसहितका देशबाट ठुलो सङ्ख्यामा श्रमिक आपूर्ति गरेको मलेसियाले पूरा मागको आपूर्ति सकिएपछि मात्रै खोल्ने गरी नयाँ माग रोकेको छ । त्यसको असर नेपाली श्रम बजारमा पनि देखा परेको छ । विभागका अनुसार गत आवको भदौ महिनामा मलेसियाका लागि ३५ हजार ३७२ जनाले श्रम स्वीकृति लिएकोमा चालुु आवको भदौमा आठ हजार ३१ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

 गत आवको कात्तिकमा मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ३० हजार ५४० जना रहेकोमा चालुु आवको कात्तिकमा मलेसियाका लागि पाँच हजार ५५२ जनाले मात्रै लिएको देखिन्छ । यस्तै विभागका अनुसार चालुु आवको पुुसमा मलेसियाका लागि आठ हजार ९१ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको पुुसमा त्यस देशका लागि २० हजार ३३९ जनाले श्रम स्वीकृति लिएर गएका थिए । 

चालुु आवमा मङ्सिरमा नौ हजार ५६७ जनाले श्रम स्वीकृति लिएकोमा चालुु आवको मङ्सिरमा २५ हजार २७० जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजीव पोखरेलले सन् २०२१ देखि २०२३ को मध्यतिरबाट नै मलेसियाका रोजगारदाता कम्पनीबाट भएका पुराना मागको सबै आपूर्ति नसकिँदासम्म नयाँ नखुुलाउने घोषणा गरेको र त्यसैले गर्दा मलेसिया जानेको सङ्ख्या घटेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “यसअघि गरेको मागबाट सबै श्रमिक आपूर्ति भइसकेपछि मलेसियाले नयाँ खुुलाउने छ र अहिले घटेको मलेसियाको रोजगारी व्रmमशः बढने छ ।” 

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसिया सरकारले आफ्नो नीतिका कारण पछिल्लो एक वर्षयता मलेसियामा नयाँ श्रमिकको माग नआएको बताउनुुभयो । उहाँका अनुसार अहिले आएका माग पुरानै हुुन् । यिनी सकिएपछि मलेसिया सरकारले बल्ल नयाँ खुुलाउने छ । त्यसपछि बल्ल मलेसिया जानेको सङ्ख्या बढ्दै जाने छ । आजकाे गाेरखापत्रअनलाइनमा समाचार छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार