नयाँ शिक्षा ऐनको माग गर्दै जारी शिक्षक आन्दोलन आज १६ औं दिनमा आइपुग्दा अझ सशक्त बनेको छ ।
नयाँ शिक्षा ऐनको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनमा देशभरका विद्यालय अनिश्चितकालीन बन्द गरी २० चैत देखि निरन्तर काठमाण्डौँमा आन्दोलन भइरहको छ ।
आन्दोलन झन झन सशक्त बन्दै गएको र माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले बताएका छन्।
नेपाल शिक्षक महासंघको आज बसेको बैठकले ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।