लायन्स कल्ब अफ हेटौंडा लर्ड बुद्ध, लियो कल्ब अफ हेटौंडा लर्ड बुद्ध र लियो कल्ब अफ हेटौंडा लर्ड बुद्ध पिसको संयुक्त आयोजनामा एक दिने निःशुल्क सुगर परीक्षण शनिबार सम्पन्न भएको छ ।
पुरानो नारायणी यातायात कम्पनीका अध्यक्ष अध्यक्ष हिरालाल श्रेष्ठबाट पहिलो सुगर परीक्षण गरेर कार्यक्रम उद्घाटन गरिएको कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनीसँग सम्बद्ध समितिका पदाधिकारी, सवारी धनी, चालक र सह–चालक गरि ६५ जनाको निःशुल्क सुगर परीक्षण गरिएको थियो । परीक्षण कार्यक्रम सञ्जिबनी आयुर्वेदीक किल्निक, हेटौंडा र वीरगंज डायोग्नोष्टिक सेन्टरको सहयोगमा भएको हो ।
लायन्स कल्ब अफ हेटौंडा लर्ड बुद्धका २०२२–२०४४ अध्यक्ष तुलसी गिरीले कल्बले समाजमा सामाजिक सुधारको काम गर्दै आइरहेको निगरानीसँग बताउनु भयो ।