मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

वंशगोपाल माविको घरदैलो, अङ्ग्रेजी माध्यमतर्फ अभिभावकको आकर्षण

Nigarani Online 520+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

हेटौंडा–६, चौघडामा रहेको वंश गोपाल माविले विद्यार्थी भर्ना अभियान अन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि तिन दिन विद्यालय सेवा क्षेत्र भित्र भर्ना अभियान कार्यक्रम सञ्चालन गरेको हो । शैक्षिक सत्र २०८१ मा विद्यालयको २०० जना नयाँ विद्यार्थी भर्ना गराउने लक्ष्य रहेको र  हाल सम्म ११३ जना नयाँ विद्यार्थीले  फारम लगिसकेको विद्यालयका निमित्त प्रधानाध्यापक ललन पाण्डेले जानकारी दिनुभयो । उहाँले   नयाँ भर्ना हुने विद्यार्थीका लागि  बैशाख ९ गते प्रवेश परीक्षाको कार्यक्रम रहेको बताउनु भयो ।  

शैक्षिक सत्र २०८१ मा शिक्षण सिकाइका थप प्रभाबकारीता बृद्वि गर्न विद्यार्थी संख्या सिमित राखी शिक्षण सिकाइ गर्ने, अभिभावक सँगको अन्तरक्रियमा जोड दिने, आवश्यकता अनुसार अतिरिक्त कक्षा सञ्चालन र बिषयबस्तुलाई प्रविधि र परियोजना कार्य सँग जोडेर अघि बढ्ने योजना रहेको   निमित्त प्रधानाध्यापक पाण्डेले बताउनु भयो । घरदैलोको क्रममा अभिभावकहरु सँग  प्रत्यक्ष संबाद गरी सिकाइको बारेमा पृष्ठपोषण पनि लिइएको  र  धेरै अभिभावकको रुचि अङ्ग्रेजी माध्यम तर्फ रहेको पाइयो भन्नुहुन्छ शिक्षक रबिन्द्र कुमार गौतम । विद्यालयले अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक पनि  निःशुल्क प्रदान गरेको छ । 

भर्ना अभियान कार्यक्रममा हेटौंडा उप महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर दहाल, विद्यालय व्यबस्थापन समितिका सदस्यहरू प्रकाश कार्की, नानीमैया रुम्बा, रक्क्षा थापा र कृष्ण प्रसाद दहालको पनि उपस्थिति रहेको थियो ।   

विद्यालयमा कक्षा १ देखि ५ सम्म पूर्ण रुपमा अंङ्ग्रेजी माध्यम र ६ देखि १० सम्म दुबै माध्यममा अध्यापन हुदै आइरहेको छ । साथै विद्यालयमा कक्षा ११ र १२ तथा  सिटीइभिटी अन्तर्गत तीन बर्षीय सिभिल र जियोम्याटिक्स इन्जिनियरिङ्घका कक्षाहरु सञ्चालित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार