मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने

Nigarani Online 520+ समाचार ( )
२९ पौष २०८१, सोमबार

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद", बागमती गाउँपालिकामा निर्मित शहिदस्मृती रंगशालाको उद्घाटनसंगै सातौ संस्करणको बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुनमा हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिले आइतबार पालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो । बागगमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता बागमती –४ झुरझुरे स्थित पालिकाको लगानीमा निर्मित शहिद स्मृति रङशालामा हुने बताइएको छ । यस अघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुदै आएको थियो । प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले जानकारी दिनुभयो । प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सन्चालकको लागि ७४ लाख ७३ हजार रुपैंया खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपैंयासहित प्रदान गरिने खेलकुद विकाससमिति सदस्य सचिव प्रमोद राईले बताउनुभएको छ । फुटबल खेलको प्रवद्धनका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सन्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो । अध्यक्ष घलानले ब्यबसायिक खेलाडी उत्पादन गर्नको लागि पालिकाले विगतका वर्ष देखि प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै आएको स्पष्ट पार्नुभयो । यस अघिको छैटौ संस्करणको उपाधी मछेन्द्र युथ क्लव काठमाडौले जितेको थियो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर घर्ती, लेखा अधिकृत झम्क नारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको उपस्थिती थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार