हेटौँडामा जारी स्वर्गीय सुदर्शन स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि रियल स्टार क्लब र एन्फा मकवानपुर रिगल हेटौंडा रिसोर्टबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताको फाइनल खेल भोलि बुधबार हुँदै छ । नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै रियल स्टार क्लब फाइनल प्रवेश गरेको थियो अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिका हराउँदै एन्फा मकवानपुर रिगल हेटौंडा रिसोर्ट फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल भोलि बुधबार दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ ।