मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

अनेरास्ववियु क्रान्तिकारी मकवानपुर छात्रा विभागको जिल्ला भेला

Nigarani Online 526+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

 अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी ) मकवानपुर जिल्ला अन्तरगत को छात्रा बिभागको प्रथम जिल्ला भेला सम्पन्न भएको छ!

नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकारका निबर्तमान सामाजिक विकास मन्त्री कुमारी मोक्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वहाले समाज रुपान्तरणका लागि छात्राहरुक भूमिका महत्त्वपूर्ण हुने बताइन!

बुधबार  हेटौडामा सम्पन्न उक्त भेलाको अवसरमा प्रमुख अतिथिको मन्तब्यको क्रममा  माननीय  मोक्तानले अबको क्रान्ति महिला वाट सुरु हुनुपर्ने बताइन् ।

भेलामा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य श्रधा पुलामी मगरले उन्नत बिचार समाजमा स्थापित गर्नको लागि महिले ले प्रभावकारी ढंगबाट अगाडि बढ्नुपर्ने बताए ।

त्यसैगरी विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र मकवानपुर केन्द्रिय सदस्य मानकुमारी पाखृनले  महिला शिक्षित भए मात्र सारा परिवार शिक्षित हुने बताए।

भेलामा अनुसन्धानमुलक  शिक्षा र लैङ्गकि असमानताको  अन्त्यका निम्ति, छात्रा  लाई brand को रुपमा अगाडी बढाउने सिद्धान्त अनुरुप अखिल क्रान्तिकारी मकवानपुरले छात्रा बिभाग गठन गरिएको जिल्ला अध्यक्ष बुद्धराज अर्यालले बताए ।

छात्रा बिभागको प्रथम भेलाले  सन्दिपा अर्याल को नेतृत्वमा ४ सदस्य मनोनित गर्ने गरि १५ सदस्यीय छात्रा बिभाग गठन गरेको छ । बिभागको सचिवमा मेघना लामा पाखृन चयन भएका छन् ।

भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामी ज्यु,नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान(ज्वाला), नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी पाखृन, प्रदेश कमिटी सचिवालय सदस्य रेखा पुलामी मगर , नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राई,लक्ष्मी माझी,हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापामगर,उपाध्यक्ष सोनि गुरुङ,अनेमा सङ क्रान्तिकारी हेटौंडा उपमहानगर अध्यक्ष चमेली सिन्जाली,अखिल नेपाल ब्युटिसियन संघ मकवानपुरका अध्यक्ष कुमारी तितुङ्ग,अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान,  मकवानपुर जिल्ला उपाध्यक्ष, निरुता पाख्रिन,सह- सचिव विजन लटौंला, सुजन सिलवाल,अभ्युदय खनाल, कोषाध्यक्ष अनिल बसेल,  अखिल क्रान्तिकारी हेटौंडा क्याम्पसका अध्यक्ष प्रमिला सिङ्तान,अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।

आज को भेला को सभादक्ष्य को भुमिकामा अन्जु तुम्सिङ मगर हुनुहुन्थ्यो भने कार्यक्रम संचालन सन्दिपा अर्यालले गर्नुभएको थियो!

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार