मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

निगरानी अनलाइनका सम्पादक थोकर सम्मानित

Nigarani Online 450+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

निगरानी अनलाइनका सम्पादक आदर्श सिं थोकर नगदसहित सम्मानित हुनुभएको छ । तामाङ पत्रकार संघको चौथो भेलाका अवसरमा सिंलाई नगदसहित सम्मानीत गरिएको हो । 

तामाङ पत्रकार संघका संस्थापक अध्यक्षसमेत रहनुभएका सिंलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सम्मान गर्नुभएको थियो । 

भेलाले तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम मोक्तान सर्वसम्मत चयन गरेको छ । शनिबार हेटौंडामा भएको संघको चौँथो भेलाले मोक्तानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र  वाईबा, कोषाध्यक्षमा जमुना थिङलाई सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा अन्जना लामा, संशान्त तामाङ, विवेक वाईबा, छोइसाङ सिन्तानलाई चयन गरिएको छ । दुई जनालाई कार्यसमितिको बैठकले सदस्यमा मनोनीत गर्ने छ । सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाइएको छ ।

मोक्तानको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । यसैगरी, प्रदेश प्रतिनिधिमा सुनसनी थिङ, केन्द्रमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरिएको छ ।

कार्यक्रम नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष  कालुु घलान, सल्लाहकार सानु लामा दोङ, सचिव किरणमान बल, तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, नेपाल पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार