—बालकुमार श्रेष्ठ
विषय प्रवेश ः
विद्या चोरेको चोरलाई फाइदा हुन्छ तर विद्या धनीलाई घाटा लाग्दैन । विद्या जति बाँढ्यो उति बढ्छ । विद्या परदेशको मित्र हो । हामीलाई पढाउँदा धेरै गुरुहरुले बारम्बार प्रयोग गर्ने वाक्यांशहरु यीनै हुन् । हामीलाई पनि चोरेर हुन्छ कि कसरी हुन्छ ज्ञान र धारणा बढाऊँ भन्ने अर्थमा यी वाक्यहरु प्रयोग हुन्थ्यो । विद्या शब्दबाट बौद्धिक शब्दको उत्पत्ति वा निर्माण भएको हो, जसको अर्थ मस्तिष्कको प्रयोग गरेर गरिने ज्ञान,अवधारणा, सूत्र, सिर्जना, रचना, प्रतिवेदन आदि मूर्त कला र अमूर्त अवधारणाहरु सबै अहिले बौद्धिक कार्य गर्नु भन्ने लाग्छ । विश्वमा विकसित भएको बौद्धिक सम्पत्तिको संरक्षण गर्न वर्तमान समयमा संयुक्त राष्ट्र संघमा ध्यचमि क्ष्लतभभिअतगब िएचयउभचतथ इचनबलष्शबतष्यल ९ध्क्ष्एइ० विश्व बौद्धिक सम्पत्ति संगठनले विश्वव्यापी रुपमा कार्य गरिरहेको छ । हरेक राष्ट्रले कानून बनाएर पेटेन्ट राइट्स दिने काम गरिरहेका छन् । यो बौद्धिक सम्पत्तिको संरक्षणको लागि उपयुक्त कार्य पनि हो । यस लेखमा बौद्धिक चोरी किन र कसरी हुन्छ भन्ने सेरोफेरोमा अघि बढाइएको छ ।
नेपालमा बौद्धिक चोरीको अवस्था
धेरैजस्तो स्कुलका परियोजना कार्य (एचयवभअत ध्यचप० तथा कलेजका अनुसन्धान रिपोर्टहरुमा विद्यार्थीहरुले उद्धरण गरेको सन्दर्भ साहित्यको समीक्षा बाहेक, अनुसन्धान डिजाइन, अनुसन्धान विधि र तथ्याङ्कको प्रस्तुतिकरणमा अरुको प्रभाव परेको हुन्छ । अन्यथा बौद्धिक बर्गले नै अनुसन्धान लेखिदिने र पैसा लिने प्रचलन पनि कतिपय युनिभर्सिटीमा रहेको छ । यस्तो अवस्थाबाट दीक्षित भएका शिक्षित वर्गले नेपाली समाजको समस्याको कार्यकारण सम्बन्ध बुझ्नै सक्दैनन्, तर तिनले भविष्यमा कर्मचारी भएमा राम्रा योजना बनाउन सक्दैनन् भने उच्च नैतिकताको विकास पनि हुन सकेको हुँदैन । नेपालको शिक्षामा रहेको यो यस्तो जल्दोबल्दो मुद्दा हो जसप्रति सरोकारवालाहरुको मिहिन नजर पुगेको छैन । यसै प्रवृत्ति सूदुर भविष्यमा नेपालका नीति तथा योजना निर्माणकर्ता जनप्रतिनिधि र कर्मचारी तन्त्रमा ठूलो कमीकमजोरी निम्त्याउने समस्या बन्दछ । केही प्रतिशतलाई छाड्ने हो भने वर्तमान कर्मचारीतन्त्रको ढिलासुस्ती, योजनामा खर्च गर्न नसक्ने, विकास कार्यक्रमले समाजमा नकारात्मक प्रभाव छाड्ने लगायतका असरहरु यीनै बौद्धिक चोरीमा शिक्षित बनेका परनिर्भर कर्मचारीतन्त्रको कारणले हो भन्न सकिन्छ ।
साथीको होमवर्क सारेर बुझाउने स्कुले जीवनदेखि नै बौद्धिक चोरी शुरु भइसकेको हुन्छ । परीक्षामा सारेर पास हुनु अर्को जटिल बौद्धिक चोरी होे । आजभोलि ईन्टरनेट सबै क्षेत्रहरूमा व्यापक छ । विश्वको हरेक कुना कुनामा व्यक्तिहरू यसलाई प्रयोग गर्छन् । आधुनिकीकरणतर्फ अघि बढ्दै जाँदा शिक्षण अध्यापनका तौरतरिका पनि परिवर्तन हुँदैछन् । विद्यालयदेखि विश्व विद्यालयसम्म सबैले ईन्टरनेट प्रयोग गर्छन् । शिक्षक र प्राध्यापकले पनि विद्यार्थीलाई अध्ययनका लागि ईन्टरनेट स्रोतहरूको परामर्श लिन प्रोत्साहन गर्छन् । विद्यार्थीलाई लगभग हरेक दिन ईन्टरनेट प्रयोग गर्ने खालका गृहकार्य दिइएको हुन्छ । उनीहरु विकिपेडिया ९ध्ष्पष्उभमष्ब० वेभसाईट र च्याट जेपिटी जस्ता एआई हरूबाट हुबहु सारेर गृहकार्य बुझाउँछन् । शिक्षकहरूले पनि विना कुनै दुविधा त्यसलाई स्वीकार गर्नुहुन्छ । यो नै बौद्धिक चोरी सिक्ने र गर्ने पहिलो चरण हो । बौद्धिक चोरी भनेको एउटा कपटपूर्ण कार्य हो जहाँ कसैले अरूको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदि) को नक्कल गर्छ र तिनीहरूलाई आफ्नो दावी गर्छ । यस्ता चोरी गर्नेहरू उनीहरूले प्रयोग गरेको सामग्रीको स्रोत उल्लेख गर्दैनन् । यस्तो चोरी बौद्धिक सम्पत्ति अधिकार ९क्ष्लतभििभअतगब िएचयउभचतथ च्ष्नजतक० को उल्लङ्घन हो । ईन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण मानिसहरू जानाजानी वा अन्जानमा यस्ता गलत कार्यहरू गर्छन् । जब शिक्षकहरूले विद्यार्थीहरूलाई होमवर्क गर्दा ईन्टरनेटको प्रयोग गर्न प्रोत्साहन गर्छन्, तिनीहरूले थाहै नपाई विद्यार्थीहरूलाई बौद्धिक चोरीका लागि प्रोत्साहन गरिरहेका हुन्छन् । यसबाट विद्यार्थीमा ऋयउथ(बलम(एबकतभ संस्कृतिको बानी लाग्छ । परिणाम स्वरूप विद्यार्थीहरूको यही बानी विश्वविद्यालयसम्म रहिरहन्छ । यस्ता गलत कार्यहरू नेपाल तथा विश्वमा नै धेरै विद्यार्थीहरूले गरिरहेका छन् ।
वि.सं. २०७९ मा त्रिभुवन विश्वविद्यालयको एउटा क्याम्पसका केही प्राध्यायकहरूमाथि बौद्धिक चोरीको गरेको उजुरी प¥यो । वहाँहरुले विदेशी विश्वविद्यालयका लाइब्रेरीबाट शोध कार्य सारेर नेपालीमा अनुवाद गरी केही प्याराग्राफ मात्र सम्पादन गरी त्यसैलाई पेश गरी पि.एच.डी. गर्नुभएको आरोप ४ जना प्राध्यापकलाई लाग्यो । त्यसपछि त्यसबारे अनुसन्धान गर्न विश्वविद्यालयले एक वरिष्ठ प्राध्यापकको नेतृत्वमा अनुसन्धान टोली गठन ग¥यो । उक्त टोलीले छानबिन गर्दा केही उपप्राध्यापकहरूको टोलीले आफ्नो लेखमा अन्य विदेशी अनुसन्धानधाताहरुले गरेको अनुसन्धानको हुबहु नक्कल गरेको नै प्रमाणित भयो । अनुसन्धान टोलीले आफ्नो प्रतिवेदन बुझाएपछि विश्वविद्यालयको कार्यकारी समितिले आरोपीहरूलाई दुई वर्षसम्म कुनै अनुसन्धान गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगायो । उहाँहरुको उपाधि पनि अपदस्त गर्ने निर्णय गरियो । यस बाहेक भविष्यमा यस्ता व्रिmयाकलाप गरिएको पाइएमा उनीहरूले प्राप्त गरेको अन्य शैक्षिक उपाधि ९ब्अबमझष्अ म्भनचभभ० समेत समेत खोसी विश्वविद्यालय सेवाबाट बर्खास्त गर्ने चेतावनी पनि दियो ।
नेपालमा बौद्धिक चोरीसम्बन्धी कानुनी व्यवस्था
नेपालको संविधानको धारा (२५) मा बौद्धिक सम्पत्तिलगायत अन्य सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्याावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन, २०५९ ले किताब, पर्चा, लेख, शोधपत्र, नाटक, गीत, सङ्गीत, श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, पेन्टिङ, मूर्तिकला, काष्ठकला, फोटोजन्य रचना, वैज्ञानिक लेख रचना, कम्प्युटर प्रोग्रामलगायतका सिर्जनालाई रचना भनी परिभाषित गरेको छ । सो ऐनको दफा (२७) ले यस्ता रचना अनुपयुक्त तरिकाले प्रयोग गरेमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार रू १०,००० देखि रु १,००,००० सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । सोही कार्य दोस्रो पटदेखि पटकै पिच्छे रु. २०,००० देखि रु. २,००,००० सम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । यस्ता रचना प्रकाशन वा पुनरुत्पादन वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुनेसमेत व्यवस्था छ । यसबाहेक यस्तो कार्य गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनुपर्ने व्यवस्था छ ।
बौद्धिक चोरीका कारणहरु
हाम्रा साहित्यकारहरुका अवधारणा तथा शैलीहरु मौलिक हुनु जरुरी हुन्छ । साहित्यले समाजलाई बाटो देखाउने हुँदा र त्यो मानव मष्तिष्कको सिर्जना भएकाले त्यसको प्रकाशनमा सर्वाधिकार भन्ने दिइएको हुन्छ । “कुनै अंश वा हुबहु कुनै सारिएको पाइएमा त्यसमा कानुनी सजायँ हुनेछ” भन्ने सूचना अग्रपृष्ठमै लेखिदिने चलन छ । बौद्धिक चोरी गर्ने परम्परा विश्वमा नै बढिरहेको छ, तर यसको कारण मानिसहरुका कम मेहनत र छोटो समयमा नाम दाम कमाउने राखिने अस्वस्थ महत्वाकांक्षा नै हो ।
कतिपय देशहरुमा पुस्तकालयको किताब पढेर फिर्ता नगर्ने सांसदहरुलाई बौद्धिक मान्यता छ भने कतिपय अवस्थामा अरुको अवधारणा चोरेर त्यसबाट नाफा गर्ने क्रियाकलापमा मानिसहरु संलग्न भएको पाइन्छ । गुगलले सामसुङ्ग कम्पनीलाई एक समयमा आफ्नो अवधारणासंग मिल्ने एन्ड्रोइड सफ्टवेयर विकास गरेकोमा क्षतिपुर्ति माग दावी गरी मुद्दा हालेको समाचार विश्वभर चर्चित थियो । तर अन्तर्राष्ट्रिय न्यायालयको पैmसला अनुसार गुगलले आरोप लाए जसरी हुबहु कपि नगरेको हुनाले सामसुङ्गले गुगल कम्पनीलाई क्षतिपूर्ति तिर्नु परेन, तर चलाउने तरीका सबै गुगलसंग मिलेको हुनाले उनीहरुलाई सतर्क भइ नयाँ फिचरहरु थप्न भने सुझाव दिएको थियो ।
बौद्धिक चोरीबाट सर्जकलाई पर्ने असर
यसरी बौद्धिक चोेरीले समाजमा एकपक्षलाई आफ्नो ब्राण्डबाट जति नाफा हुनुपर्ने हो, त्यो सिर्जना गर्ने पक्षलाई त्यति नाफा नहुने, त्यसले कमसल बस्तुमा असल बस्तुको ब्राण्ड नेम कपि गरेर उपभोक्ता झुक्याउने जस्ता समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तै शैक्षिक अनुसन्धानमा हुने बौद्धिक चोरी सबैभन्दा बढी नकारात्मक असरयुक्त हुन्छ । एक त यसले सिक्दै नसिकेको मानिसलाई शैक्षिक प्रमाणपत्र दिलाउँछ । अर्को मान्छेलाई अल्छी र सिर्जनात्मक हुन नसक्ने बनाउँछ । यस्ता बौद्धिक चोरीमा त्यति मुद्दा नपर्ने क्षेत्र भनेको शैक्षिक क्षेत्र हो, तर त्यसले स्वयं चोरी गर्नेलाई पनि असर पारिरहेको हुन्छ ।
निष्कर्ष
सबैभन्दा ठूलो खतरा त के हो भने भविष्यमा त्यसरी थेसिस लेख्ने मानिस नीतिगत तहमा पुग्यो भने उसको शुन्य भिजन हुन्छ, यस्तो भएर नै देशबासीले अहिले कर्मचारीतन्त्रबाट कुनै पनि निर्णय कार्यान्वयन गराउन नसकेका हुन् । यसलाई रोक्न प्रत्येक व्यक्तिले स्वयं विवेक साक्षी राखेर ईमान्दार हुनु जतिको सजिलो र भरपर्दो उपाय अरु कुनै हुँदैन ।
(लेखक ः श्री सिद्धार्थ मा.वि. हेटौंडा–२का सामाजिक विषय विभागका संयोजक हुन् ।)