मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

मकवानपुर खेलकुद समितिको अध्यक्षमा राजकुमार मोक्तान

Nigarani Online 520+ समाचार ( )
२६ असार २०८१, बुधवार

जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

३५ वर्षीय मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीबाट नियुक्ति पत्र प्राप्त गरे। उनले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।

साथै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि मदन उप्रेती र कृष्ण रुम्बालाई सदस्यमा नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने दाबी गरेका छन्। उनले गाउँ-गाउँबाट खेलाडी उत्पादनमा जोड दिने र पैसाको चहलपहलका कारण राम्रा खेलाडीहरूले अवसर नपाउने परम्पराको अन्त्य गर्ने बताए।

नयाँ समितिको कार्यकाल चार वर्षको हुनेछ, जुन यसअघिको दुई वर्षबाट बढाइएको हो। उल्लेखनीय छ, मकवानपुर जिल्ला खेलकुद विकास समिति गत चैतदेखि अध्यक्षविहीन थियो र चार महिनापछि नयाँ अध्यक्ष पाएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार