मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

एसइईको मुखैमा मकवानपुरका विद्यालयहरूमा प्रवेशपत्रको हङ्गामा

Nigarani Online 453+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

कक्षा १० को अन्तिम परीक्षा एसइई नजिकै आइहेका वेला मकवानपुरका कतिपय विद्यालयहरूले विद्यार्थीलाई प्रवेशपत्र दिन आनाकानी गरिरहेका छन् । 

विद्यालयमा बुझाउनुपर्ने शुल्क बुझाइनसकेको भन्दै केही विद्यालयहरूले विद्यार्थीलाई प्रवेशपत्र नदिएको स्थानीय अभिभावकहरूको गुनासो रहेको छ । 

सरकारले माध्यमिक तहसम्मको शिक्षा निशुल्क दिने व्यवस्था गरेको छ। नेपालको संविधानमा समेत निशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर चर्काे शुल्क लिएर पठनपाठन भइरहँदासमेत सरकारले मौन बसिरहेको छ । 

केही दिन अघि शिक्षामन्त्री सुमिना श्रेष्ठले कक्षा १२ को सार्वजनिक शिक्षा निःशुल्क र संस्थागत विद्यालयहरूको शुल्क पनि स्थानीय तहलाई निर्धारण गर्न निर्देशन जारी गर्नुभएको छ । तर सरकारले दिएको निर्देशनलाई गिज्याउँदै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित अरनिको माविले शुल्क नतिरेका भन्दै केही विद्यार्थीलाई एसइईको प्रवेश पत्र दिएको छैन। 

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार एसइईको परिक्षा आउँन एक दिन मात्रै बाँकी छ । यही बिहीबारबाट परिक्षा सुरु हुँदै छ । विद्यालयको व्यवस्थापन समितिको स्रोतका अनुसार दुई हजार सहयोग शुल्क नबुझाएको भन्दै २४ जना विद्यार्थीको प्रवेश पत्र रोकिएको छ । अरनिको माध्यमिक विद्यालयबाट यस बर्ष ४९ जना विद्यार्थीले एसइईका लागि आवेदन दिएका थिए ।

सरकारले पनि विद्यालयमा पर्याप्त दरबन्दी नदिने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा कतिपय विद्यालयहरूले नजीस्रोतमा शिक्षक राख्नुपर्ने बाध्यता छ । निजीस्रोतको शिक्षकलाई तलब खुवाउनका लागि पनि विद्यार्थीहरूसँग सहयोग शुल्क उठाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकहरूको भनाइ छ । 

दिनहुँ एक, डेढ सय खाजा र अन्य कुरामा खर्च गर्न सक्ने अभिभावकले शिक्षामा लगानी गर्नुपर्दा धेरै ठेलो हङ्गामा मच्चाउने गरेको विद्यालयहरूले गुनासो गरेका छन् । राज्यले तल्लो तहसम्म अध्ययन नगरी हचुवाको भरमा निर्देशन जारी गरेर आम अभिभावकहरूमा भ्रम पैदा गराइरहेको छ । हो राज्यले शिक्षा निःशुल्क दिनुपर्छ तर सोही अनुसारको व्यवस्था विद्यालयमा पनि गर्नुपर्छ ।

विद्यालयहरूले पनि सक्षम अभिभावकहरूबाट सहयोग शुल्क लिनुपर्छ र सक्षम अभिभावकले पनि सानो रकम विद्यालयमा लगानी गर्न तयार हुनुपर्छ आफ्ना बालबालिकाको शिक्षामा लगानी गर्नुपर्दा हङ्गामा मच्चाउनु हुँदैन । तर असक्षम अभिावकहरूलाई भने सहुलियत दिनुपर्छ । उनीहरूबाट जबरजस्ती शुल्क लिने काम गर्नु हुँदैन । बरु उनीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिदिनुपर्छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार