मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

हेटौँडाको टोनी हेगन पार्कमा तामाङ सङ्ग्रहालय बन्ने

Nigarani Online 450+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

हेटौडामा तामाङ संग्रहालय निर्माण हुने भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० स्थित टोनी हेगन पार्कमा हेटौडा उपमहानगरपालिकाले सङ्ग्रहालय बनाउन लागेको हो । 

चालु आर्थिक वर्षमा १ करोड रुपैया बजेट विनियोजन गरी निर्माण शुरु गर्न लागिएको संग्रहालयको हेटौँडा उपमहानगरपालिककी मेयर मीना कुमारी लामाले शिलान्यास गर्नुभयो ।  उपमहानगरका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा बौद्धधर्म विधि अनुसार धर्म गुरु छुल्ठिम दोर्जे लामाले भुमि पुजा (सा लाङ्ग) गर्दै शीलान्यास गर्नुभएको छ ।

नेपाल तामाङ घेदुङ मकवानपुरका वरिष्ठ उपाध्यक्ष आत्माराम मुक्तानको अध्यक्षतामा गठित संग्रहालय निर्माण उपभोक्ता समितिले भवनको निर्माण गर्ने भएको छ  । ४ हजार वर्गफिटमा डेढ तलासम्मको संग्रहालयको भवन निर्माण गरिने बताइएको छ ।

गत आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको एक वर्षपछि मात्र सङ्ग्रहालयको निर्माण कार्य थालनी गरिएको छ । भूमि पुजा तथा शिलान्यास कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, हेटौडा १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामा, नेपाल तामाङ्ग घेदुङ्ग मकवानपुर इन्चार्ज सुवास सिन्तान, जिल्ला अध्यक्ष कालु घलान, सचिब किरणमान बल, सल्लाहकार अमर लामा, भुटनदेबी युवा क्लबको अध्यक्ष सविन मोक्तान सिवाछेथार्लिं गुम्बा हेटौडा-५ बेलडाडा अध्यक्ष डोल्मा लामा स्यांबो  लगायतको आतिथ्यता रहेको थियो ।

तामाङ जातिको बाहुल्यता रहेको यस जिल्लामा तामाङ सङ्ग्रहलाय बन्नु सकारात्मक कुरा भएको सरोकारवालाहरूले बताएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार