बाग्घझोरामा जसपाका युवाले १५ वटा राेके ओभरलाेड बाेकेकाे गाडी
बाग्घझोरामा जसपाका युवाले १५ वटा राेके ओभरलाेड बाेकेकाे गाडी

Nigarani Online 433+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

हेटाैंडा । जनता समाजवादी पार्टी निकट युवा संघ मकवानपुरका केही युवाहरुले रिद्धिसिद्धी सिमेन्ट उद्याेगका लागि ढुङ्गा बाेकेकाे गाडीलाई राेकेर कारबाही माग गरेका छन् । टिपरहरुले ओभरलाेड बाेकेकाे भन्दै कारबाही माग गर्दै भीमफेदी गाउँपालिकास्थित भैंसे बाघझाेरााामा १५ वटा ट्रिपर राेकी कार्वाहीको माग गरेका हुन् । केही समय अघि जिल्ला प्रशासन कार्यालयमा सिडिओ लाई ओभरलोड सम्बन्धि बिज्ञप्ति बुझाइ नियम उलंघन गरी चलिरहेका ओभरलोड टिपरहरु कार्वाही गर्न दबाब दिइएको जसपा युवा संघ मकवानपुर जिल्ला अध्यक्ष विवेक घलानले जानकारी दिएका छन् । ट्रिपर ओभरलोड हुँदा ढुङ्गा खसी दुर्घटना हुने जोखिम हुनुको साथै बालबालिका र स्थानीय बाटो हिँड्नेलाई समेत जोखिम हुन सक्ने भएकोले ट्रिपर राेकी कार्वाहीको माग गरिएको घलानको भनाइ छ ।भैसेबाट खटिएको ट्राफिक प्रहरीले ओभरलोड भएका गाडीहरुलाइ कार्वाही नगरी बेवास्ता गरेकोले युवाहरु तातिएको अध्यक्ष घलानको भनाइ छ । ओभरलोड भइ आएका ट्रिपर रोक्ने क्रममा भैसेका प्रहरी इन्चार्ज विष्णु चौधरीले टिपरलाई छोडी दिन धम्की समेत दिएको युवाहरुको भनाइ छ । युवाहरु भन्छन् ,” प्रहरीले गर्नु पर्ने काम हामीले गरेका छौँ, हामीलाइ साथ दिन छोडी प्रहरीबाटै धम्काउने काम भयो”। केहि दिन अघि शिवम् सिमेन्टबाट चल्ने ओभरलोडका टिपरहरुलाइ रोकी कार्बाहीको दायरामा ल्याएर ढुङ्गा झार्न लगाएको र अहिले शिवम् सिमेन्टको गाडीहरु ओभरलोड नचलेको अध्यक्ष घलानको भनाइ छ । भैसेबाट खटिएका प्रहरी इन्चार्ज विष्णु चौधरी भन्छन् , यो ठाउँमा गाडी नरोक्नुस भनेको हो बाँकी सम्बन्धित निकायमा गएर प्रश्न गर्नुस,ओभरलोडको चिट काट्ने बाहेक हामी संग अरु कुनै विकल्प छैन । हाम्रो काम चिट काट्ने पठाउने बाहेक अरु केही विकल्प नरहेको समेत बताएका छन् ।’ जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी पुगी चिट काटेर पठाउने सहमति भएतापनी सवारी चालकसंग कुनै कागजपत्र नभएकोले बाघझोरा मै ४ घण्टा रोकि राखिएको थियो । ४ घण्टा पछि आवश्यक कार्वाहीको लागि ओभरलोड टिपरहरु युवाहरुले नै जिल्ला ट्राफिक कार्यालय ल्याएको र आवश्यक कार्वाही गरी टिपर छोडिने ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार