धुम्रपानरहित दिवसको अवसरमा प्रगति माविका विद्यार्थीद्वारा ¥याली

Nigarani Online 499+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

विश्व धुम्रपानरहित दिवसको अवसरमा आज हेटौँडा ९ स्थित प्रगति माविले सचेतनामूलक ¥याली आयोजना गरेको छ । 

विद्यालयका विद्यार्थी र शिक्षकहरू सहभागी ¥यालीले वडाका विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा धुम्रपानविरुद्ध विद्यार्थीहरूले नारा लगाएका थिए भने धुम्रपान विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

स्काउट तथा रेडक्रस र बालक्लवमा रहेको बालबालिकाहरू सचेतनामूलक ¥यालीमा सहभागी भएका थिए । विद्यालयका शैक्षिक क्यालेन्डर अनुसार यो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले बताउनुभयो । 


प्रतिक्रिया

Shubham Pudasaini २५ जेठ २०८१, शुक्रबार

Scout troop leader 😀💪

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार