रामहरि शर्मा चौलागाई
मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्धन गर्नका लागि हेटौँडामा २ दिने फोटो प्रदर्शनी आयोजना गरिएको छ । पौष २० गते शुक्रवार हेटौंडाको बुद्धचोकमा र शनिवार पल्पसा सभाहलको प्राङ्गणमा भएको हो ।
थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रदर्शनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौडा उपमहानगरपालिका लगायतको संघसंस्थाको सहयोगमा कार्यक्रम भएको हो ।
काठमाडाँैबाट नजिक रहेको देशकै चर्चित पर्यटकीय क्षेत्रको रूपमा रहेको थाहा नगरको कला, धर्म संस्कृति सभ्यता, जीवनशैली प्राकृतिक, ऐतिहासिक महत्व बोकेका स्थल समेटिएको तस्विरहरूको प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने देखिन्छ । पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता, जीवनशैली समेटिएको फोटो प्रदर्शनबाट दर्शक (अवलोकन कर्ताहरूले) नजिकबाट चिन्ने बुझ्ने अवसर पाउँछन् जसबाट त्यस ठाउँमा पुग्ने मन वढ्नुका साथै सहज हुने देखिन्छ । यसवाट थाहा नगरको पर्यटन प्रवर्द्धनमा वृद्धि हुन सक्छ ।
स्थानीय फोटोग्राफर गणेश विष्ट लगायत ९ जना फोटोग्राफले खिचेका थाहाका कला संस्कृति, प्राकृतिक, ऐतिहासिक दृश्यक समेटिएको ६० वटा फोटोहरू राखिएको गणेश विष्ट बताउँछन् ।
यस्ता कार्यक्रमबाट पर्यटकीय स्थलको जानकारी, लुकेर रहेका सम्पदा सभ्यताको जानकारी पाउने जसवाट पर्यटकीय गतिविधिलाई अभिवृद्धि गर्न, पर्यटकीय स्थलमा पर्यटक आवागमन बढ्ने र अर्थतन्त्रमा सुधार हुनसक्छ ।
सकरात्मक काम कुराले हरेक मान्छेलाई सकरात्मक बनाउँछ भनेझैँ यस्ता सुन्दर कार्यहरुबाट पर्यटन कार्यमा सकारात्मक पहल हुन्छ।
प्राकृतिक सुन्दरतामा विचरण गर्न, धार्मिक, ऐतिहासिक स्थलहरूको अवलोकन गर्न, विभिन्न कला, संस्कृति, जीवनशैलीहरूको अध्ययन अवलोकन गर्न यस्ता सुन्दर फोटो प्रदर्शनी कार्यहरुबाट पर्यटकका लागि जानकारी हुने र पर्यटन प्रवर्द्धन हुने देखिन्छ ।