बाटो भासिएर हराएको गाडी अझै भेटिएन

Nigarani Online 505+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार


 हेटौँडा उपमहानगरपालिका वडा नं १७  को  गैरीगाउँमा  सडक भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी  डुबेको  छ । गएको शुक्रबार जमिन भासिएर गाडी बेपत्ता भएको हो ।  

 सबैको उत्सुकता रहेको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको भूगर्भविद् नारायण अधिकारीको  टोलीले घटनास्थलको अध्ययन गरेको थियो । । गाडी दबिएको भनिएको ठाउँमा धेरै ठूलो खाडल बनेको र माटो पनि खसिरहेको भूगर्भविद नारायण अधिकारीले बताउनुभयो । खाडलभित्र पानी पनि जमेकोले काम गर्न निकै चुनौतीपूर्ण भएकोले  अध्ययनको काम स्थगित गरेको उहाँले बताउनुभयो । पहिलो चरणको  कार्य सम्पन्न गरी भूगर्भविद्हरु काठमाडौ फर्किएको र  संकलित  तथ्य र  नमुनाको  परीक्षणपछि  अर्को  चरणको अध्ययन हुने जानकारी दिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार