मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

हेटौंडा ११,३ र१९ का एसईई मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

Nigarani Online 453+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

 अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका समितिले २०८० सालको ११,३ र १९ वडाका एसईई परीक्षामा विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम बागमती प्रदेश सासंद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नं ११,३ र १९ का विभिन्न बिद्यालयहरु बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै माननीय सासंद कुमारी मोक्तानले अहिलेको अवस्थामा पढाइ बिना तपाईहरुको भविष्य अन्धकार रहेको र अध्ययनको खोजमा लाग्न पर्ने र विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् माननिय मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताईन् ।

सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ११,३ र १९ का विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने ४८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।

सम्मान कार्यक्रमका विशेष अतिथि नेकपा माओवादी केन्द्र बागमती प्रदेश सासंद प्रेम बहादुर पुलामी (छिन्तु) ले शिक्षामा हामीले विशेष ध्यान दिनुपर्छ, शिक्षा बिना जिवनमा उपयोग गर्न गाह्रो पर्ने हुनाले शिक्षा जीवनमा अनिवार्य रहेको समेत बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिबेक राइ, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर अध्यक्ष तिर्थ थापा मगर,अखिल (क्रान्तिकारी) केन्द्रीय सचिव दिनेश सुबेदी ,अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल लगायत जिल्लाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष विजन लटौलाको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी) हेटौंडा उपमहानगरपालिका समितिका उपाध्यक्ष प्रचण्ड बैजुले कार्यक्रम सञ्चालन गरेका थिए 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार