हेटौडा– ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा वंशगोपाल माविका सज्जित लामिछाने प्रथम भएका छन ।
समूहले अन्तर्राष्ट्रिय सालक दिवसको अवसरमा सालक संरक्षणमा सरोकारवालाहरुको जिम्मेवारी र भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा लामिछाने प्रथम भएका हुन ।
प्रतियोगितामा सुनगाभा शिक्षा निकेतनकी प्रकृति लामिछाने मगर द्वितीय र वंशगोपाल बहुमुखी क्याम्पसकि पूजा लम्साल तृतीय भएका छन ।
हेटौडा – ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा रुपेश दुलाल र नानी माया रुम्बाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाई, सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने, कार्यालय सचिव भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
प्रथम हुने सज्जित लामिछाने र तृतीय हुने प्रतीक्षा लम्साल दुवै भाइबैनीलाई हार्दिक बधाई ।
हार्दिक बधाई बाबु उत्तरउत्तर प्रगतिको कामना