हेटौंडा: मंगलबार तामाङ पत्रकार संघ मकवानपुर कार्यसमितिको बैठकले आउँदो भदौ १ गते २९ औं तामाङ प्रशारण दिवस मनाउने निर्णय गरिएको छ । संघका अध्यक्ष जयराम मोक्तानको नेतृत्वमा बसेको बैठकले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाले दिवस मनाउने निर्णय गरिएको हो ।
यस्तै तामाङ पत्रकार संघ केन्द्रीय समितिको सर्कुलर अनुसार जिल्लाभर उक्त दिवस मनाउने निर्णय गरिएको हो । केन्द्रको निर्देशनअनुसार तामाङ मिडिया अवार्ड-२०८० को लागिको छनाैटका लागि एक जना पुरुष र एक जना सक्रिय महिला पत्रकारको नाम सिफारिस गरिएको छ । मकवानपुर जिल्लाबाट ताम्सालिङ खबर डटकमका संचालक दील बहादुर लामा र समृद्ध समाज राष्ट्रिय दैनिकी संवाददाता जमुना थिङको नाम सिफारिस गरिएको छ । यसैगरी मकवानपुरको विभिन्न मिडियामा आबद्ध तामाङ पत्रकारहरुको नामावली संकलन गरी केन्द्रमा पठाउने निर्णय गरिएको छ ।