मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

बागमती प्रदेश युवा परिषदद्वारा हेटौंडामा निशुल्क सीपमुलक तालिमहरु संन्चालन

Nigarani Online 450+ समाचार ( )
२९ वैशाख २०८१, शनिबार

 प्रदेश युवा परिषद् बागमतीले निस्शुल्क सीप मुलक तालिम हेटौंडामा सञ्चालन भइरहेकाे छ ।  । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती मकवानपुरले विभिन्न क्षेत्रको सीपमुलक तालिमहरु भइरहेकाे हाे । 

प्रदेश युवा परिषद हेटौंडाले कुक, फेसन डिजाईनर, टेलरिङ्ग, ब्युटिसियन, मन्टेश्वरी, मोबाइल फोन मर्मत, बिल्डिङ इलेक्ट्रिसियन लगायतका ७ तालिमहरु संन्चालनमा ल्याएको हो । तालिम ३९०,१६० घन्टे रहेको छ । जिल्ला युवा समिति मकवानपुरमा तालिम प्रदायक संस्थाहरु वर्ल्ड लिङ्ग टेक्निकल ट्रेनिङ इन्ष्टिच्यूट प्रा।लि, ट्रेनिङ सेन्टर नेपाल प्रा।लि, युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा।लि, नवरत्न टेक्निकल ट्रेनिङ इन्ष्टिच्यूट प्रा।लि, एशोसिएट नेपाल सिनर्जी प्रा।लि लगायतले तालिम प्रदान गर्ने भएको छ ।

कार्यक्रम प्रमुख अतिथि ललित बहादुर घलानले सीपमुलक तालिम लिएर यसको राम्रो सदुपयोग गर्न समेत आग्रह गरेका छन् । सिप सिकेपछी कुन व्यवसाय कहाँ गर्ने र त्यसको बजार डाटा बेसमा अध्ययन अवलोकन गरेर मात्र व्यवसाय गर्न समेत बताएका हुन् ।

वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित तालिम सन्चालन गरेको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि ललित बहादुर घलान जिल्ला समवन्वय समिति मकवानपुर प्रमुख, विशिष्ट अतिथिमा रमेश घिमिरे प्रदेश युवा परिषद कार्यलय प्रमुख, ज्ञान बहादुर भुर्तेल १४ नं गण सशस्त्र प्रहरी उपरीक्षक, नविन सिग्देल हेटौंडा उपमहानगरपालिका वडा नं ४ वडा अध्यक्ष लगायत अन्य अतिथि रहेका थिए । कार्यक्रम जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीनको सभाध्यक्षतामा भएको हो 

प्रतिक्रिया

ज्ञानु तामाङ (गढन) २९ वैशाख २०८१, शनिबार

देशमा बेरोजगारी युवाहरूलाई लक्षित गरि निशुल्का सीपमूलक तालिम प्रदान गरिदिनुभएकोमा जिल्ला युवा समिति अध्यक्ष सुमन पाख्रिन सर लगायत सम्पूर्ण टिमलाई विशेष धन्यवाद , र अबको दिनहरूमा यस्तै यस्तै सीपमूलक तालिमहरु विकट गाउँवस्तीमा पनि सेवा उपलब्ध गराइदिनुहुन जोडदार आशा गरेकी छु ।

अमृतकुमार भोलन २९ वैशाख २०८१, शनिबार

यस्तो तालिमको सुबिधाको ब्यवस्था गर्नु भएकोमा धेरै धेरै धन्यवाद । furniture को चाहिँ अहिले सम्म तालिम भएको छैन कहिले हुने होला कृपया केही जानकारी पाम

Bibeksunar २९ वैशाख २०८१, शनिबार

Barista

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार