मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

राजश्व मिनाहाको समाचारप्रति जिसस मकवानपुरको ध्यानाकर्षण

Nigarani Online 453+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

जिल्ला समन्वय समिति मकवानपुरले राजश्व मिनाहाको विषयलाई लिएर प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति निकाल्दै जिल्ला समन्वय समिति मकवानपुरले यस्तो जनाएको हो । 

मनहरी गाउँपालिकाको नदीजन्य तथा खानीजन्य पदार्थको विषयमा समाचार प्रकाशित भएको भन्दै जिल्ला अनुगमन समितिले मनहरी गाउँपालिका लगायतको स्टक प्रमाणित गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

यसैगरी  पुस २७ गते बसेको मनहरी गाउँकार्यपालिकाको बैठकको निर्णयसहित माघ ४ गते स्टक विवरण संशोधन सम्बन्धमा जिल्ला अनुगमन समितिलाई पत्र प्राप्त भएको र पालिकाको अनुरोधलाई अध्ययन गर्न नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको ९ गतेको बैठकले उपसमिति गठन गरेको जनाइएको छ । 

उपसमितिको प्रतिवेदनपछि फागुन १६ गते नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले गाउँकार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने भए संशोधन गरी जिल्ला अनुगमन समितिलाई जानकारी गराउने निर्णय गरेको उल्लेख गरिएको छ । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले तीनै तहका संरचनाको कार्यक्षेत्र सहअस्तित्व लगायतलाई स्वीकार गरी स्पष्ट व्यवस्थासमेत गरेको छ उल्लेख गरिएको छ । संविधानतः जिल्ला समन्वय समितिलाई पालिका बीच समन्वय,विकास तथा निर्माणमा सन्तुलन कायम गर्न अनुगमन र प्रदेश कानुन बमोजिम अन्य काम गर्ने साथै प्रदेश आर्थिक ऐन, २०७९ अनुसार नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मौजदात प्रमाणित गर्दा खरिद बिक्री परिमाणमा हिसाब मिलान नभएर कैफियत देखिएमा सो बराबरको परिमाणमा जरिवाना गर्ने अधिकार उल्लेख गरेकोले सोही बमोजिक गरिरहेको उल्लेख गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार