मधेश प्रदेश अन्र्तगत सर्लाही जिल्लाको कर्मैयामा अवस्थित एलीइट बोर्डिङ स्कुलका विद्यार्थी र यूके ,हंगेरी ,रसिया ,भियतनामका विद्यार्थी बीच सीमारहित शिक्षण सम्पन्न शुक्रबार सम्पन्न भएको छ ।
एलीट विद्यालयका विद्यार्थीहरूले विदेशी शिक्षक तथा विद्यार्थीसंग शुक्रबार अन्तरक्रिया गरेका छन् । इन्डोनेसिया , भियतनाम ,रसिया , हंगेरी लगायतका शिक्षक तथा विद्यार्थीहरूसंग विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सामाजिक,आर्थिक,शैक्षिक गतिविधि सम्बन्धी विभिन्न बिषयबस्तुमा अन्तरक्रिया गरेका थिए ।
विद्यार्थीहरूले परम्परागत नृत्य, गायन पनि प्रस्तुत गरेको कार्यक्रममा विवश जंग थापाले सहजीकरण गरेका थिए । विद्यालयले शैक्षिक सत्र २०८० देखि पूर्ण प्रविधिमैत्री वातावरण लाई आत्मसाथ गर्दै आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सथै विद्यालयले समयानुकुल विभिन्न बिषयबस्तुमा विद्यार्थीलाई सहजीकरण गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने विद्यालयका सहायक प्रध्यानाध्यापक पदम दहालले जानकारी गराउनुभयो ।