मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

जनता समाजवादी पार्टीको हेटौँडा १० मा वडा कमिटी गठन

Nigarani Online 520+ समाचार ( )
२८ पौष २०८०, शनिबार

जनता समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा दिपेन्द्र राना मगरको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरेको छ । 

वडा स्तरिय गठन भएकाले अब टोलस्तरीय कमिटी पनि गठन गर्ने पार्टीका सुवास लामाले बताउनुभयो । साङ्गठनिक गतिविधिलाई तिव्रता दिने जनताको हरेक समस्यामा अग्रसर भइ अगि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख अतिथि, जनता समाजवादी पार्टीका मकवानपुर जिल्ला सचिव दीपक सिन्तानले संविधानमा भएका हक अधिकारहरुलाई जनताले प्रत्यक्ष महसुस गर्न पाउने गरी अभियान सञ्चालन गर्ने बताउनुभयो । मुख्य रूपमा संविधानमा भएको मौलिक हकको कुरा आधारभूत आवश्यक कुराहरु संविधान अनुरुप कार्यन्वयन गराउन लाग्ने र त्यससँग सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराइ अघि बढ्ने बताउनुभयो ।

वडा नम्बर १० का अध्यक्ष दीपेन्द्र राना मगरले पहिलाको संगठनबाट र माथिल्लो तहको नेतृत्वबाट सही तरिकाको कार्य नभएको र पार्टीलाई व्यक्ति विशेषले बन्धक बनाएको हुनाले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिमा जनता समाजवादी पार्टीका जिल्ला सचिव दीपक सिङ्तान र अतिथिमा जनता समाजवादी पार्टका जिल्ला सदस्य सुवास लामा लगायत अन्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार