नेपालमा अघिपछि नभएको व्यापार दसैँमा हुने आशा गरिन्छ । व्यापारीहरू पनि अन्य समयमा कोठाभाडा र सामान्य खर्च धान्ने गरी व्यापार हुँदा सन्तुष्ट नै हुन्थे किनकि दसैँमा भएको व्यापारले उनीहरूलाई वर्ष दिनभरीलाई धान्थ्यो ।
दसैँमा एकै दिन १०÷२० लाखको व्यापार गर्थे व्यापारीहरू । हेटौँडा १० बसपार्कमा कपडा व्यापारी कविन्द्र भट्टराई पहिला पहिलाको दसैँको समयमा दिनमै १० लाखसम्मको कपडाको व्यापार गरेको बताउँछन् ।
तर अहिले कपाडा पसलमा व्यपार नै छैन । पहिला पहिला हिँउदमा भएको जतिको पनि व्यापार नभएको व्यापारीरूको गुनासो छ ।
हेटौँडाको बसपार्कमा रहेको हङ्कङक बजारमा पइिला राख्ने ठाउँ हुदैनथ्यो । अहिले मानिस नै आएका छैनन् । सबै पसलहरू सुनसान अवस्थामा छ ।
कपडा मात्र होइन, अन्य कुराको व्यापार व्यवसाय पनि त्यस्तै छ । खाद्यान्नको भाउ आकासिएको छ जसले गर्दा हेटौँडाको खाद्यान्न पसलमा ग्रहक सामान किन्न गएका छैनन् ।
अधिकाँश मानिस बाराको जितपुर तथा केही भारतको रक्सोल जाने गरेका छन् । धेरै व्यापार हुने बसपार्क, स्कुलरोड, खोपेगल्ली, कान्तिराजपथ, मेनरोडका पसलहरूमा कोही ग्राहक आउँछन कि भनेर व्यापारीहरू कुरेर बसेका छन् । पहिला मानिसलाई समान दिएर फुर्सद नहुने ठाउँमा अहिले बाटो हिँड्ने मान्छे कोही पसलमा आइदिए पनि हुन्थ्यो भनेर ढुकेर बस्नुपर्ने अवस्था देखिन्छ ।
दसैँमा इलेक्ट्रोनिक सामान किन्नेहरूको त्यत्तिकै भिड हुन्थ्यो । फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, टेलिभिजनलगायतका समान किन्नेहरूको पसलमा भिड लाग्ने गथ्र्याे तर अहिले इलेक्ट्रोनिक पसलहरूको अवस्था पनि सुनसान छ । फर्निचर पसलहरूको व्यवसाय पनि पहिलाको तुलनामा पचास प्रतिशत कमी आएको फर्निचर व्यवसायीहरू बताउँछन् ।
दसैँ सुरु भए पनि देशकै मुख्य सहर हेटौँडाको बजारमा दसैँको रौनकता नदेखिँदा लाग्छ अब मानिसले विगतका तुलनामा फजुल खर्च गरेर चाडबाड बनाउने परम्परामा कटौती गरेका छन् ।
देशमा अहिले आर्थिक कारोबार अत्यन्तै कमी आएको छ । मानिसको आमदानीमा कमी आएको छ । विदेश गएका व्यक्तिहरूले पनि फजुल खर्च गर्नुहुन्न भन्ने महसुस गर्न थालेका छन् । कोरोना कालपछि नेपालमा व्यापार व्यवसायमा कमी आउन थालेको हो ।
बजार सरकारको नियन्त्रणमा हुनुपर्छ । सरकार पनि नागरिकको हितमा सधैँ चिन्तनशील हुनुपर्छ । सरकारले नागरिकको आर्थिक हैसियत अनुसारको बजार भाउ निर्धारण गरिदिनुपर्छ । त्यसै अनुसारका सामान बजारमा उपलब्ध गराउने वातावरण सिर्जना गरिदिनुपर्छ । अनि मात्र बजारको महत्व बढ्छ । बजारलाई मानिसले विश्वास गर्छन् । यहीका व्यापारीको कारोबार वृद्धि गर्ने गरी आफ्नो आवश्यकताका सामान खरिद गर्छन् ।
यहाँ न बजार सरकारको नियन्त्रणमा छ न सरकार जनताको चासो र चिन्ता गर्छ । आर्थिक अवस्था सुधार्नका लागि अब मेजर अपरेसन चलाउने फोस्रा भाषण दिएर बस्ने प्रधानमन्त्रीलाई बजार चिन्ता छैन । यहाँको व्यापार व्यवसायको कुनै सरोकार छैन । किन कजारको चहपहल घट्यो भनेर खोजी गर्ने र त्यसको समाधानका उपायको खोजी गर्ने काममा कहिल्यै सरकारले चासो र चिन्ता लिएको पाइँदैन ।
देशप्रति चासो नहुने देशका व्यापार व्यवसाय, नागरिकको मर्मलाई कुनै ख्याल नगर्ने सरकार हुन र नहुनुको के अर्थ ?
स्थानीय सरकारले पनि चासो लिनुपथ्र्याे होला ? प्रदेश सरकार कुनै कुरामा चासो राख्दैन भने त्यो प्रदेश सरकारको के अर्थ ? प्रदेश सरकारलाई न नागरिको सरोकारका विषयमा चिन्ता छ न राष्ट्रिय मुद्धामा चिन्ता लिनुपर्ने बाध्यता छ
। प्रदेशकै राजधानी रहेको हेटौँडामा बजार सुनसान हुँदा यहाँका मानिसले दसैँ मनाउन नसक्ने अवस्था हुँदा देखेको नदेखेके गर्ने प्रदेश सरकार हुनु र नहुनुले के अर्थ राख्छ ?
स्थानीय सरकारलाई त केही चासो नै छैन । देशको आर्थिक अवस्था डामाडोल भइरहेको छ । तर विभिन्न खण्डमा विभाजन गरिएका सरकारहरूलाई यस कुराले अलिकति पनि छोएको छैन ।
Marne gare dherai dam leya pache ka bata hunx tw
अब यो तिन तह को सरकार नेपाल को अर्थतन्त्र ले धान्न सक्दैन यो भर्स्तचारि सरकार को अा यु अब सकिन लाग्यो /