मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

महसुल नतिरेका उद्योगको लाइन जोड्न सरकारको निर्देशन

Nigarani Online 526+ समाचार ( )
२५ पौष २०८०, बुधवार

नेपाल विद्युत् प्राधिकरणले किस्ताकिस्तामा महसुल तिर्न सकिने भन्दै सूचना निकालेको र कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन काट्नुको विकल्प नभएको अभिव्यक्ति दिएकै दिन सरकारले काटिएका लाइन जडान गर्न निर्देशन दिएको छ ।

सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महसुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत् लाइन जडान गर्न मंगलबार निर्देशन दिएको हो ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र ऊर्जा सहसचिव रहेको ३ सदस्यीय समिति गठन गर्दै हाललाई उद्योगहरूको काटिएको विद्युत् लाइन जोड्न निर्देशन दिने निर्णय गरेको हो ।

प्राधिकरणले मंगलबार मात्रै ६० महिनाको बक्यौता किस्ताकिस्ता गरेर तिर्न सकिने सूचना प्रकाशित गरेको थियो । यसैगरी, संसद्को पूर्वाधार समितिमा कार्यकारी निर्देशक घिसिङले महसुल उठाउनैपर्ने बताएका थिए ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले महसुल बक्यौतासम्बन्धी अध्ययन गर्न उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल र ऊर्जा मन्त्रालयका ऊर्जा हेर्ने एक जना सहसचिव सदस्यका रूपमा रहनेगरी ३ सदस्यीय समिति बनाएको हो ।

विद्युत् महसुलको विवाद विद्युत् नियमन आयोगले समाधान गर्नुपर्ने भए पनि आयोग आफैं विवादमा परेकाले नियमन आयोगभन्दा माथि रहेर छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरिएको बताइएको छ ।

प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनमार्फत विद्युत् सेवा लिएका उद्योगले महसुल नतिरेको भन्दै ६ पुसयता विभिन्न २४ वटा उद्योगको बिजुली काटिसकेको छ । उद्योगीहरूले विद्युत् उपभोग गरेको प्रमाण दिनुपर्ने र प्रयोग गरेका आधारमा मात्र बिलिङ गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मंगलबार नै बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने निर्णयबाट प्राधिकरण पछि हट्न नसक्ने बताएका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार