मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

हेटौंडा जेसीजको ४६ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम

Nigarani Online 450+ समाचार ( )
२९ पौष २०८०, आइतबार

 हेटौंडा जेसीजको ४६ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार हेटौंडाको रोयल पार्टी प्यालेशमा आयोजित कार्यक्रममा करिब एक हजार भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

पुष १४ गते भएको निर्वाचनबाट निर्वाचित वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको टिमको पदस्थापना तथा पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिए ।

प्रमुख अतिथि बानियाँले स्थापना कालदेखि नै जेसीजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकोमा खुसी व्यक्त गरे । उनले जेसीजमा विधिको शासन, बन्धुत्वको भावना प्रष्ट देखिएको भन्दै जेसीजको एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणा निकै राम्रो भएको उल्लेख गरे ।

उक्त कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट एसइइ परीक्षामा जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल आधुनिक स्कुलकी छात्रा अन्सुकुमारीलाई नगद १० हजार १११ सहित सम्मान गरिएको थियो ।

त्यस्तै पत्रकारिता क्षेत्रमा क्रियाशील रिपोटर्स क्लब नेपाल मकवानपुरका अध्यक्षसमेत रहेका अन्नपूर्ण पोष्टकर्मी बलराम पुडासैनीलाई नगद ५ हजार ५५५ सहित सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले उद्यमशीलताको विकास र युवामैत्री वातावरण बन्नुपर्नेमा जोड दिए ।

साथै युवाहरूको रचनात्मकता र सृजनशीलतालाई विकास गर्न बहु आयामिक पहलकदमीको आवश्यकतालाई औंल्याउँदै अब राज्य र युवाहरूबीचको प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा वर्ष सन् २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले आफ्नो कार्यकालमा सहयोग पुर्याउनेहरुलाई मायाको चिनो वितरण गरेका थिए ।

सोही समारोहमा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष विकास मानन्धर, पूर्व अध्यक्ष अरुणेश्वर खनाल, वर्तमान कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवारलगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे ।

पदस्थापनापश्चात अध्यक्ष श्रेष्ठले विस्तार गरेको ३५ जनाको कार्यसमितिले पद र गोपनियताको सपथ लिएको थियो । वर्ष सन् २०२४ का लागि अध्यक्ष श्रेष्ठसँगै कार्यकारिणी उपाध्यक्षमा विवेकानन्द न्यौपाने र जीवन ढकाल, उपाध्यक्षमा आतिष दाहाल, रमेश कार्की, रमेश पराजुली १ र विश्वास पराजुली निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार