जनता समाजवादी पार्टी मकवानपुरले जिल्ला ट्राफिक कार्यालय परिसरमा यही माघ १५ गते धर्ना दिने भएको छ ।
विभिन्न चुन ढुङ्गा खानीबाट सवारी साधन ऐन विपरीत अत्यधिक लोडका मालबाहक सवारी साधन सञ्चालन भइरहेको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकाले धर्ना दिन लागेको जसपा मकवानपुरले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष सोमबहादुर घलानले आज एक विज्ञप्ति जारी गर्दै यस्ता सवारी साधनले मुख्य राजमार्ग र मुख्य शहर हेटौंडामा आवतजावत गर्दा असुरक्षित हुने भएकोले नियमन गर्न सम्बन्धित निकायलाई पटक पटक आग्रह गरिएको भन्दै सबैले बेवास्ता गरेको उल्लेख गरिएको छ ।
जसपाले पुस ५ गते सम्बन्धित निकायलाई जानकारी गराइएको जनाएको छ । पुस २६ गते जिल्ला प्रसाशन कार्यालयमा पनि ज्ञापन पत्र बुझाइएको र माघ ६ गते सूचना जारी गर्दै जिल्ला ट्राफिक कार्यालयमा धर्ना दिँदा पनि ओभरलोड नियमन नभएको भन्दै नियमन गर्ने कार्यालयहरूले जवाफ दिन नसक्नुको कारण माग गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालयले पनि यस सम्बन्धमा अटेर गरिरहेकोले व्यवसायी प्रशासन प्रहरीबिच सम्बन्ध रहको आशङ्का उब्जिएको जनाइएको छ