मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |
मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा पढाउने
प्रगति मावि एसइई परीक्षाको नतिजामा मकवानपुर जिल्ला प्रथम

Nigarani Online 450+ समाचार ( )
१५ असार २०८१, शनिबार

हेटौँडा ९ स्थित प्रगति माध्यमिक विद्यालयले यस वर्षको एसइई परीक्षामा मकवानपुरका सामुदायिक विद्यालयहरूमा सबैभन्दा बढी प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । 

एसइई परीक्षाको नतिजामा प्रगति मावि मकवानपुर जिल्लाका सामुदायिक विद्यालयमध्ये प्रथम भएको छ । प्रगति माविमा परीक्षा दिने विद्यार्थीमध्ये ७५.७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कूल १०७ जना परीक्षार्थीले परीक्षा दिएकामा ८१ जना विद्यार्थी ११ कक्षा पढ्न पाउने भएका छन् भने बाँकी २६ जनाले मौका परीक्षा दिन पाउने भएका छन् । 

३.६ जिपिएभन्दा बढी ल्याएर उत्तीर्ण हुने विद्यार्थी ७ जना छन् भने १८ जना विद्यार्थीले ३.२१ देखि ३.६ सम्म जिपिए ल्याएर उत्तीर्ण गरेका छन् । यसैगरी २.८१ जिपिएदेखि ३.२० सम्म ल्याएर उत्तीर्ण हुनेको सङ्ख्या २९ रहेको छ र २.४१ देखि २.८० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या २७ रहेको छ ।  

मौका परीक्षा दिने २६ जना विद्यार्थीलाई विद्यालयले निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने प्राचार्य निरन्जप्रसाद ढकालले जानकारी दिनुभयो ।  

नतिजा प्रकाशनपछि विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । मकवानपुरका सामुदायिक विद्यालयतर्फ एसइई परीक्षा २०८० मा जिल्लामै प्रथम स्थान हासिल गरेकोमा हर्षित रहेको भन्दै विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्नुहुने सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयले बधाई दिएको छ । साथै ‘उत्कृष्ट नतिजा प्राप्त गर्न अत्यन्तै मिहेनतका साथ खट्नुहुने सम्पुर्ण शिक्षकवर्ग, घरमा पढ्ने वातावरण बनाइदिनुहुने सम्पूर्ण अभिभावक, मार्गनिर्देश गर्नुहुने तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीलगायत सम्पूर्ण सदस्यहरू, स्थानीय तह, वर्तमान विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकारज्युहरु, भुतपूर्व विद्यार्थीहरु लगायत विद्यालयको समग्र विकासमा शुभेच्छा राख्नुहुने सम्पूर्ण संघसंस्था तथा महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौँ ।’ विद्यालयले पेजमा लेखेको छ । 

अहिलेको नतिजा नै सम्पूर्ण नभएको भन्दै विद्यालयले आगामी वर्षका नतिजामा सुधार ल्याउदै थप उत्कृष्टता हासिल गर्ने प्रगति माविले जनाएको छ । यसका लागि थप कार्ययोजनाका साथ लागिपर्ने प्रतिवद्धता पनि विद्यालयले व्यक्त गरेको छ । 

प्रगति माविले कसैसँग प्रतिस्पर्धा नगर्ने तर आफ्ना विद्यार्थीको उत्कृष्ट नतिजाका लागि निरन्तर प्रयत्न गरिरहने उल्लेख गरेको । विद्यालयले फेसबुक पेजमा लेखेको छ, ‘हामी कसैका प्रतिष्पर्धी होइनौ । हाम्रो प्रतिष्पर्धा हामीसँगै छ । हामी आजभन्दा भोलि राम्रो नतिजाका लागि प्रयसरत रहनेछौ । हाम्रो दायित्व विद्यार्थीको सफलता हो र हामी हाम्राजस्तै अन्य विद्यालयहरुले पनि थप उत्कृष्टता हासिल गरेको हेर्न चाहन्छौ ।’

१३ सय विद्यार्थी अध्ययनरत प्रगति माविमा कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । गतवर्षको कक्षा १२ को वार्षिक परीक्षामा पनि प्रगति माविले जिल्लामै उत्कृष्ट नतिजा ल्याएको थियो ।  

यस वर्ष पनि कक्षा ११ को भर्ना खुलिसकेको विद्यालयले जनाएको छ । प्रगति माविले ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्पूर्ण शुल्क छुट दिने, ३.६ भन्दा माथि ल्याउनेलाई कक्षा ११ र १२ मा ६ महिनाको मासिक शुल्मा छुट दिने ३.२ भन्दा माथि जिपिए ल्याउनेलाई प्रवेश शुल्कमा छुट दिने र २.८ भन्दा माथि ल्याउनेलाई प्रवेश शुल्कमा १ हजार छुट दिने जनाएको छ । 


प्रतिक्रिया

Mero sathi hetauda १६ असार २०८१, आइतबार

Beautiful pragmatic school 🏫

Bhagawan Aryal १५ असार २०८१, शनिबार

Congratulations school’s family for hard working

Krishna Dhital, PhD १५ असार २०८१, शनिबार

Good

Beli Thapa १५ असार २०८१, शनिबार

Pragati path ma Pragati School . Hardik Badhai xa, Sampurna sarokariya team. ma

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार