मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

बैंकहरूमा थुप्रिएको पैसा व्यवस्थापन गर्नै कठिन

Nigarani Online 450+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ।

यही कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ।

मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो लक्ष्य लिएको थियो।

गत साउन ८ गते राष्ट्र बैंकले अन्तरबैंक सापटीको दर ४.५ प्रतिशत तोकेको थियो। तर गत मंसिर २२ मा परिमार्जन गर्दै यो दर ३ प्रतिशतमा झारेको थियो।

मंसिर २२ गतेअघि अन्तरबैंक ब्याजदर लक्ष्य नजिक नहुँदा पनि राष्ट्र बैंकले पर्याप्त दरमा तरलता खिचेको थिएन। अहिले भने राष्ट्र बैंकले नियमित रूपमा तरलता खिचिरहेको छ।

तर बैंकहरूको कर्जा लगानी नबढ्दा यो प्रयास पर्याप्त हुन सकेको छैन। मंसिर २२ यता दुईपटक अन्तरबैंक ब्याजदर ३ प्रतिशतमाथि आएकामा त्यसपछि पुनः घटेको छ।

गत पुस १७ गते मंगलबार र १८ गते बुधबार यो दर ३ प्रतिशत माथि पुगेको थियो। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत पुस २० गते शुक्रबार यो दर घटेर २.८२ विन्दुमा आइपुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार