मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ पुस २० गते हेटौँडामा प्रदर्शन हुने

Nigarani Online 520+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

तामाङ भाषाको चलचित्र ङाला ह्राङ्बा मायायही पुस २० गते हेटौँडास्थित ओम्याक्स सिनेमा हलमा प्रदर्शन हुने भएको चलचित्र बिहान ११ बजे प्रसारण गरिने चलचित्रमा नायकका रुपमा डेब्यु गरेका मकवानपुरे कलाकार हेमकुमार तितुङले जानकारी दिएका छन्

हेटौँडामा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिनुका साथै चलचित्र प्रदर्शन मिती तय भएको जानकारी दिइएको थियो। औपचारिक कार्यक्रममा सार्वजनिक गरिएसँगै चलचित्रको ट्रेलर युट्युबमा समेत सार्वजनिक भइसकेको ट्रेलर एचएमएम मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो

चलचित्रमा प्रेम, विछोड वियोगका साथै पात्रहरुबिचको द्वन्दलाई पनि स्थान दिइएको यसअघि चलचित्र दार्बुङले सफलता पाएपछि नायक तथा निर्देशक हुत्त सञ्जय लामाले ‘‘ ङाला ह्राङ्बा मायाबाट पनि दर्शकहरुको माया पाउनेमा आफु विश्वस्त रहेको बताएका छन्

नायक एवम् निर्देशक लामाले यसअघि नै क्राबा ङाला सेम, ह्याङ्ला ह्युल, सेमरिन मुला माया, अमर रहोस् हाम्रो माया,बिच्छी,कसम तिमीलाई, जम्काभेट, दुवाली,सानु लगायत एक दर्जन चलचित्रमा नायक एवम् निर्देशकको रुपमा अभिनय निर्देशन गरिसकेका छन

चलचित्रमा हुत्त सन्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगिता बोम्जन, भुइशल लामा, मायादेवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन, राजकुमार बल, राम तामाङ, हिराबहादुर तामाङ, दिपेश मोक्तान, जगतबहादुर मोक्तान, अनिल ब्लोन, गोकुल तामाङ, विक्रम लामा, ऋतु लामा, लोक लामा, सिङ्गबहादुर मोक्तान, भिमबहादुर मोक्तान, राजकुमार ब्लोन, सिङ्गविर बल, फुर्ब बल, मनिका सिङ्तान, बाल कलाकारहरु कर्म लामा, छेवाङ मोक्तान, अरुना डिम्डुङ पर्खाइ मोक्तान तामाङको अभिनय रहेको

लोसाङ लामा इकेश लामाको निर्माण रहेको चलचित्रमा हुत्त सन्जय लामाको पटकथा निर्देशन रहेको तथा विश्वजंग माझीको सहनिर्देशन रहेको चलचित्रका गीतहरु नायक लामा सागर दोङ तामाङले लेखेका हुन् गीतमा अर्पण थिङ तामाङले संगीत भरेका छन् गीतमा संगीतकार तथा गायक अर्पण थिङ, गायिका बबिता पाख्रिन लमु शेर्पाको आवाज सुन्न सकिन्छ चलचित्रमा राजु दोङ तामाङको द्वन्द निर्देशन मेकबहादुर थापाको सम्पादन रहेको चलचित्रलाई प्रज्वल राउतले छायांकन गरेका हुन्   हेर्नुहोस्

https://www.youtube.com/watch?v=tJZEhv-9rFk

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार