मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने

Nigarani Online 520+ समाचार ( )
२४ पौष २०८१, बुधवार

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ कार्यालयले प्रगति माविबाट एसइई परीक्षामा ४ जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई दश हजार रुपियाँ पुरस्कार दिने भएको छ । 

विद्यालय व्यवस्थापन समितिको बैठकका क्रममा वडाध्यक्ष शुकराम केसीले यस्तो घोषणा गर्नुभएको हो । उहाँले प्रगति माविबाट ३ दशमलव ६१ देखि माथि ल्याउने विद्यार्थी सबैलाई पुरस्कार स्वरुप नगद पाँच हजार रुपियाँ दिने पनि बताउनुभएको छ । 

विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्नका लागि यो पुरस्कारको घोषणा गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । प्रगति माविबाट गत वर्ष एसइई उत्तीर्ण गरेका हेटौँडा ९ नम्बर वडा स्थायी बसोबास भएका विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइरहेको पनि वडाध्यक्ष केसीले बताउनुभयो । प्रगति माविमै अध्ययन गर्ने विद्यार्थीहरूलाई वडा कार्यालयले छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ । 

यस वर्ष प्रगति माविमा कक्षा १० मा १ सय १९ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । यस वर्षको एसइई परीक्षामा सकेसम्म धेरै विद्यार्थीलाई उत्तीर्ण गराउने लक्ष्यका साथ नयाँ योजनाका साथ पठनपाठन तीव्र पारिएको पनि प्रधानाध्यापक पराजुलीले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार