मकवानपुर जिल्लामा यस वर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले एसइई परीक्षा दिँदै छन् ।
नियमिततर्फ ५ हजार ८६५ जना तथा ग्रेडवृद्धितर्फ १५ सय ९१ जना परीक्षार्थीले २०८१ सालको एसइई परीक्षा दिन लागेका हुन् ।
यस परीक्षाका लागि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जिल्लाभर २८ ओटा परीक्षा केन्द्र तोकेको छ । बकैयाको बुद्ध मावि र महेन्द्र माविमा भीमफेदीको महेन्द्र मावि, थाहानगरपालिकाको जनकल्याण मावि र बज्रबाराही मावि, मनहरीको राष्ट्रिय रोटरी मावि र महेन्द्र किरण मावि ज्यामिरेमा परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी मकवानपुरगढीको जाल्पादेवी मावि, राक्सिराङको प्रजा जागृति मावि कैलाशको कालिका मावि पनि यस वर्षबाट परीक्षा केन्द्र ताकिएको छ ।
हेटौँडा उपमहानगरपालिकाभित्र १८ ओटा परीक्षा केन्द्र तोकिएका छन् ।