मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

बागमती प्रदेश युवा सम्मेलन २०८२ सम्पन्न

Nigarani Online 520+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

१० बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा सम्मेलन २०८२ सकिएको छ । वैशाख २८ गतेदेखि प्रदेश युवा परिषद् बागमतीको आयोजना भएको ३ दिने सम्मेलन मंगलबार १० बुँदे घोषणाजारी गर्दै सकिएको हो । परिषद्द्वारा जारी घोषणापत्र मंगलबार नै युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र मुख्यमन्त्री बहादुर सिंह लामालाई बुझाइएको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौंलागाईद्धारा जारी घोषणापत्रमा प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशिलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ । घोषणापत्रमा तीन तहका सरकारहरूबीच समन्वय गरी युवा परियोजना बैंक स्थापनाको माग गरिएको छ । नीति निर्माणदेखि बजेट, कानुन मस्यौदासम्म युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको कार्यकारी उपाध्यक्ष चौंलागाईले बताउनुभयो । स्थानीय तहमा स्थानीय युवा परिषद् गठन गरी युवामैत्री नीति र बजेट निर्माण गर्न आवश्यक रहेको घोषणापत्रमा जनाइएको छ ।

कृषि नवप्रवर्तन कोष स्थापना गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, स्मार्ट फार्मिङ र एग्रो–स्टार्टअपलाई प्रवद्र्धन गर्ने, कृषिमा डिजिटल प्रविधिको प्रयोग अनिवार्य गरिनुपर्ने र कृषि उद्यम गर्न चाहने गरेका विद्यार्थी प्रमाणपत्रको अधारमा कर्जा प्रवाह गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी युवाहरूको सिर्जनात्मक क्षमतालाई प्रशिक्षण, उपकरण, सञ्जाल र प्रस्तुतीकरणको अवसर मार्फत अभिव्यक्त गर्न सहज वातावरण निर्माण गर्न पनि माग गरिएको छ ।सम्मेलनमा कृषिमा नवप्रर्वतन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल शुसासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यालन छलफल र कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार