मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

प्रगति माविमा व्यावसायिक भवन तथा प्राङ्गण स्तरीकरणको काम हुँदै

Nigarani Online 450+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

हेटौँडा ९ स्थित प्रगति माविमा व्यावसायिक भवन निर्माण तथा विद्यालयको प्राङ्गण स्तरीकरणको काम भइरहेको छ । स्थानीय तथा प्रदेश सरकारको आर्थिक सहयोगमा यी कामहरू भइरहेका हुन् । 

वाग्मती प्रदेश समाजिक विकास मन्त्रालयको १० लाख रुपियाँ बजेटमा विद्यालय प्राङ्गणमा इन्टरलक लगाउने काम भइरहेको छ । गत वर्ष पनि प्रदेश सरकारको सहयोगमा विद्यालय प्राङ्गणमा इन्टरलक लगाइएको थियो । त्यति वेला अधुरो रहेको इन्टरलक लगाउने काम यसवर्ष पूरा गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीले बताउनुभयो । साथै प्रदेश सरकारकै सहयोगमा दुई ओटा कोठा बनाउने काम पनि हुने भएको छ । 

यसैगरी हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा विद्यालय अगाडि रहेको एक कठ्ठा १० धुर जग्गामा व्यावसायिक भवन निर्माण सुरू भएको छ । हेउमनपाको २५ लाख रुपियाँ बजेटमा ९ कोठाको व्यावसायिक भवन निर्माण भइरहेको हो । 

सो भवनको जगसम्मको काम गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो । 

तिन तलाको भवन निर्माण गर्ने लक्ष्य भए पनि यस वर्ष पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य रहेको समितिका अध्यक्ष प्रदीप पराजुलीले जानकारी दिनुभयो । 

आगामी वैशाखसम्ममा भवन निर्माण सम्पन्न गरेर सटरहरू भाडामा लगाउने उहाँले बताउनुभएको छ । सो निर्माण गरी भाडामा दिएपछि विद्यालयलाई आर्थिक रूपले सहयोग पुग्ने अध्यक्ष पराजुलीले बताउनुभयो । कक्षा नर्सरीदेखि १२ सम्म अङ्ग्रेजी माध्यममा सञ्चालित विद्यालयमा सरकारी दरबन्दीबाहेक १० जना निजीस्रोतका शिक्षकहरू रहेका छन् । 

प्रतिक्रिया

Anal Acharya २४ पौष २०८०, मङ्गलबार

Good work

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार