अधिवक्ता भगवती पाण्डेको विवादास्पद अभिव्यक्ति विरुद्ध सोमबार हेटौँडामा विरोध प्रदर्शन हुने भएको छ । नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय मकवानपुर र नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको संयुक्त आयोजनामा विरोध प्रदर्शन हुन लागेको हो ।
विरोध प्रदर्शनमा नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद मकवानपुर, भुजेल समाज समिति, किराँत राई यायोख्खा मकवानपुर, तमु ह्युलछोंज गुरुङ राष्ट्रिय परिषद मकवानपुर, थारु कल्याणकारिणी समाज मकवानपुर, दनुवार जागरण समिति मकवानपुर, नेवाः देय दबु मकवानपुर, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर र माझी उत्थान संघ मकवानपुरले ऐक्यवद्धता जनाएका छन् ।
बिरोध प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।