मुख्य समाचार
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति मकवानपुर र वाएल जिल्ला समिति गठन | धनी राष्ट्रहरुलाई खवरदारी गर्न ¥याली | नेपाल शैक्षिक विकास कोष (एनइडीटी)द्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न | मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न |

मकवानपुरका सांसद सिंह पूर्वाधार विकास समिति सभापति

Nigarani Online 1+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित राप्रपाका सांसद दीपकबहादुर सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्विरोध चयन हुनुभएको छ । 

सोमबार भएको संसदीय समितिका सभापति चयनका क्रममा सिंह पूर्वाधार विकास समितिको सभापतिमा चयन हुनुभएको हो । 

गत वर्ष भएको निर्वाचनमा सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । अन्तिम समयसम्म पनि आफूभन्दा अगाडि रहेकी नेपाली काँग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डीनालाई हेटौँडा उपमहानगरपालिकाका अन्तिम दुई ओटा वडाको मतगणना हँुदा उछिन्दै विजयी हुनुभएको थियो । 

निर्वाचित भएपछि मकवानपुरका विभिन्न सरोकारका विषयमा सिंहले संसदमा आवाज उठाउँदै आउनुभएको छ । मकवानपुरको मात्र राष्ट्रिय सरोकारका विषयमा समेत उहाँको आवाज संसदमा गुन्जिन थालेको छ । भ्रस्टाचार र अनियमितता विरुछ आवाज उठाउँदै निर्वाचनमा होमिनुभएका सिंहले संसदमा पनि यही विषयलाई जोड दिँदै आउनुभएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी निर्वाचित भएका छन् । प्रतिनिधिसभाको विषयगत समितिमा जोशी निर्विरोध निर्वाचित निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिले पूर्णता पाएको छ भने १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार