सरकार र शिक्षक महासंघबीच छलफल

Nigarani Online 499+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

सरकार र शिक्षक महासंघबीच छलफल 

सरकार र नेपाल शिक्षक महासंघबीचको छलफल बिहीवार  सकिएको छ ।

वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी थियो । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई नेतृत्वको टोली सहभागी थियो ।

 महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको टोली बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । शिक्षक–कर्मचारी आफ्ना विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐनको खोजी गर्दै आन्दोलनमा आएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

अहिले वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको महासंघले जनाएको छ । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ भने  र सोमबारदेखि आम शैक्षिक हडताल घोषणा गरेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार