मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |
मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |


पान्तलेमा निर्माणाधीन गुम्बाका लागि सहयोग प्राप्त हुने क्रम जारी

Nigarani Online 450+ समाचार ( )
२९ माघ २०८०, सोमबार

हेटौँडा १२ पान्तलेमा निर्माणाधीन गुम्बाका लागि सहयोग प्राप्त हुने क्रम जारी रहेको छ । २००३ सालमा निर्माण भएको टासी तेर्लिङ गुम्बा २०७२ सालको भूकम्पले भत्किएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ । 

गुम्बा पुर्निर्माणका लागि विभिन्न व्यक्तिहरूले स्वतःस्फुर्त सहयोग गरिरहेको निर्माण समितिले जनाएको छ । 

हेटौँडा १० कर्रा निवासी हाल अमेरिकामा बस्ने सुरेश दोङले सङ्कलन गरी ५ लाख ८२ हजार ५१३ रुपियाँ पठाउनुभएको छ । यसैगरी हेटौँडा १२ बिचरोडका तिलक घलानले ६० हजार, हेटौँडा १३ पदमपोखरीका बेली सिन्तानले ५० हजार, हेटौँडा १० कर्राका सूर्य दोङ, केसाङ मार्फत २७७४०, हेटौँडा १२ हात्तीगौँडाका तेजकुमार घलानले २० हजार, हेटौँडा १० हाल अस्टे«लिया निवासी प्रियङ्का लामाले २० हजार, हेटौँडा १२ का जितेन मुक्तानले १८ हजार, चितवन पर्सा निवासी चन्द्रबहादुर लामा रुम्बाले १५ हजार पाँच, हेटौँडा १२ गोठदमारका कुमार रुम्बाले १३१५०, सिमराका हरिमाया पाख्रिन, सुनमाया पाख्रिन र विपना पाख्रिनले जनही १२५००, हेटौँडा १२ गोठदमारका पार्वती पाख्रिनले १२,५०० सहयोग गर्नुभएको छ । 

यसैगरी सगरमाथा हेटल हेटौँडाका सुरेश डिम्डुङले ११,१११, हाल अस्टे«लिया निवासी महेश लुङ्बाले ११०५५, सुदर्शन खरेल हेटौँडा ४ बाट ११ हजार, कान्छा लामा हेटौँडा १० बाट ११ हजार पाँच, सिग्रेनी निवासी वीरबहादुर गोलेबाट ११ हजार ३०, चन्द्रबहादुर गोलेले १० हजार ५०५, रत्न होटलका सञ्चालक नवीन राना मगरले १०५००, हेटौँडा १० न्यूरेनीका उदय तितुङले १०१५५, काठमाडौँबाट जानकारीबाट १०१००, महेन निता लामाले १०१००, पान्तलेका होलङ्गे मुक्तान बाजेले १००२०, प्रेम रुम्बाले १००१०, हेटौँडा १३ का राम थापाले १० हजार, घरेडीडाँडाका हेमकुमार रुम्बाले १० हजार, निजगढका रमेश भोम्जन, हेटौँडा २ का लक्ष्मी भोम्जन पाख्रिन, हेटौँडा १२ पान्तलेका ठाकुर पाख्रिन, होटैँडा १० का सुरेश वाइबा, विशाल लामा, सानु लामा दोङ, केदारनाथ सुनचाँदी पसल, हाल क्यानाडा निवासी निजगढ बारामा अमन लामा नाती काभ्रे तेमालका ग्याल्छन लोप्चनले जनही १० हजार रुपियाँ, यस्तै महोत्तरी पिपराका सञ्जय ठाकुरले ५५५५, हात्तीगौँडाका नमराज घलान, सुरेश घलानले पनि जनही ५५५५ सहयोग गर्नुभएको छ । यस्तै कर्रा निवासी सन्ते कुमार दोङले ५५५०, अन्जु लोप्चनबाट ५५५१५, हेटौँडा १२ बेलडाँडाबाट कृष्णबहादुर घलानले ५१५०, टंकप्रसाद न्यौपानले ५०५५, राजेश रोक्काले ५०५५, लक्ष्मण लामा पाख्रिनले ५१००, सिद्धीबहादुर श्रेष्ठले ५०५०, किरण क्षेत्रीले ५०२०, गैरीटोल पान्तले ज्ञानबहादुर बलले ५०१०, चितवनका मीना लामाले ५००५, कर्राका हिमा दोङले ५००५, काभ्रे तेमालका विनय दोङले ५००० रुपियाँ सहयोग गर्नुभएको संयोजक पाल्साङ लामाले बताउनुभयो । 

यसैगरी रिद्धिसिद्धि सिमेन्टले ५० बोरा सिमेन्ट रु २५०००, न्यू ब्रदर्श हार्डवेयरका राम लामाले ४० बोरा सिमेन्ट, २१०००, हेटौँडा जिएनटी ग्रुपबाट ५५ बोरा २९०००, सबिन मोक्तान हेटौँडा १० बाट ३० बोरा सिमेन्ट, १६ हजार र जागृति चौरेलबाट १० बोरा सिमेन्ट ६ हजार बराबरको सहयोग प्राप्त भएको छ । 

यसैगरी बसामाडीका अमर मोक्तानले रु ४५००० बराबरको १ टिपर र १ ट्याक्टर बालुवा, गिट्टी एक टिपर सहारा क्रसरबाट, हेटौँडा १३ का जीवन स्याङतानबाट २० हजार बराबरको बालुवा र गट्टी, हेटौँडा १२ का सागर स्याङतानबाट, १८ हजार बराबरको बालुवा र गिट्टी, हेटौँडा १२ भोर्लेका बिन्दु मगरबाट १८००० बराबरको बालुवा र गिट्टी, चौकीटोलका सन्जीव लोप्चनबाट १८००० बराबरको बालुवार गिट्टी, तामाङ क्रसर लेवटबाट ९००० बराबरको बालुवा र गिट्टी, हेटौँडा १२ का अमर तितुङबाट ८००० बराबरको २ ट्याक्टर गिट्टी सहयोग प्राप्त भएको निर्माण समितिका संयोजक पाल्साङ लामाले जानकारी दिनुभएको छ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै